हेटौंडाको बजेट ल्याउन एमालेसँग ३ बुँदे सहमति

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको नीति तथा कार्यक्रम र बजेट ल्याउन नेकपा एमालेसँग तीन बुँदे सहमति भएको छ । सहमतिसँगै आइतबार हेटौंडा उपमहानगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक हुने भएको छ ।

आज ३ बजे हेटौँडा उपमहानगरपालिकाले नीति कार्यक्रम तथा बजेट प्रस्तुत गर्ने भएको हो । नगर सभा सञ्चालनको लागि हेटौंडाकी मेयर मीनाकुमारी लामा र उपमेयर राजेश बानियाँले एमालेसँग गरेको छलफलमा तीन बुँदे सहमति भएको थियो । हेटौंडा उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले एमालेले राखेको मागका विषयमा तीन बुँदे सहमति भएको जानकारी दिनुभयो ।

उहाँकाअनुसार एमाले सम्बद्ध ५४ जना बहुमत सदस्यले पेश गरेको संशोधन प्रस्ताव नगर सभापछि कानुनी परामर्श गरि प्रक्रिया अगाडि बढाउने सहमति भएको हो । त्यस्तै विषयगत समितिहरु बहुमत सदस्य रहेको एमालेसँग छलफल गरि सहमतिको आधारमा निर्माण गर्ने र बजेट निर्माणमा सामूहिक छलफलबाट निर्णय गर्ने सहमति भएको उहाँको भनाइ छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार