हैजा नियन्त्रण गर्न सरकारले थाल्यो काम

काठमाडौँ । सरकारले राजधानीमा देखिएको हैजा नियन्त्रणका लागि एक टोली नै बनाएर काम थालेको छ । राजधानीमा पछिल्लो तीन दिनको अवधिमा ५ जनामा हैजा देखिएपछि सरकारले गम्भीरताका साथ काम थालेको हो ।

जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार काठमाडौँमा पुष्टि भएको हैजाको कारण पत्ता लगाउन तथा रोकथामका लागि पनि ५ जनाको टोली बनाएर कामलाई तिव्रता दिइएको हो । टोलीको संयोजकमा जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंका महामारी तथा रोकथाम नियन्त्रण फोकल पर्सन रामकृष्ण फुयाल रहेका छन् ।

परीक्षण गर्दा काठमाडौंको बागबजारका दिदी बहिनीमा धारा र ट्युवबेलको पानीबाट हैजा संक्रमण भएको पुष्टि भएको छ । केही दिन अघि एकै परिवारका दुई दिदी बहिनीमा देखिएको हैजा धारा र ट्युबवेलको पानीबाट संक्रमण भएको पुष्टि भएको हो । यसले उपत्यकामा हैजा फैलिसकेको आशंका गरिएको छ ।

उनीहरुले पिउने पानीको नमुना परीक्षण गर्दा इकोली र कोलीफर्म नामक जीवाणु भेटिएको स्वास्थ्य विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। नमुना परीक्षण गर्दा उनीहरुले पिउने पानीको इकोली र कोलीफर्म नामक जीवाणु भेटिएको महाशाखाका निर्देशक डा चुम्मनलाल दासले जानकारी दिनुभयो । उहाँका अनुसार इकोली र कोलीफर्म मानिसको दिसामा रहने संक्रामक जिवाणु हो । हैजा देखिएका अन्य क्षेत्रको पानीको पनि नमुना परीक्षण भइरहेको उहाँले बताउनुभयो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार