होस्टेलमा एक युवती मृत फेला

दाङ । रोल्पाको एक होस्टेलमा १९ वर्षीय युवती मृत भेटिएकी छन् । रून्टीगढी गाउँपालिका वडा नम्बर ५ छिन्नेटाकी कृष्णी कामी मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ।

कृष्णी केही समयदेखि घरेलु तथा साना उद्योग कार्यालयले सञ्चालन गरेको ब्युटी पार्लर तालीम लिइरहेकी थिइन् । तालीम लिने कार्यालयको होस्टेल कोठामा उनी मंगलबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेका अनुसार युवती मृत फेला परेको कोठामा एउटा सर्प पनि भेटिएको छ।

उनको हातमा सर्पले डसेकोजस्तो घाउ देखिने उनले बताए । सर्पदंशबाट उनको मृत्यु भएको प्रहरीको अनुमान छ।शव पोस्टमर्टमका लागि पठाइएको र रिपोर्ट आउन बाँकी रहेको उनले बताएका छन्।भिसेरा परीक्षणका लागि काठमाडौंस्थित विधि विज्ञान प्रयोगशालामा पनि पठाइएको छ। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार