१५.८२ अंकले घट्यो सेयर बजार

काठमाडौं । सेयर बजारको ओरालो यात्रा यस साताको पहिलो कारोबार दिन सोमबार पनि निरन्तर रह्यो । १५.८२ अंकले घटेको बजार २०३२.३४ बिन्दुमा ओर्लिएको छ । बजेट (१५ जेठ) पछि एक दिन मात्र बढेको बजार अन्य दिन भने निरन्तर घटिरहेको छ । लगानीकर्ता अहिले पनि पर्ख र हेरको अवस्थामा रहँदा बजारले गति समात्न सकेको छैन ।

सोमबार २३० कम्पनीको २० हजार ७७४ वटा कारोबारबाट २९ लाख २० हजार ७०५ कित्ता सेयर किनबेच भएको छ । यस दिन कारोबार रकम झनै खुम्चिएको छ । पछिल्लो समय शुक्रबारबाहेक अन्य दिन अर्बको आंकडामा पुग्ने कारोबार रकम सोमबार भने ९९ करोड ८६ लाख ७४ हजार २६२ रुपैयाँमा खुम्चिएको छ । सोमबार कुनै पनि उपसमूहमा हरियो देखिएन ।

सबैभन्दा धेरै जीवन बीमा कम्पनीहरुको लगानीकर्ताले गुमाए । सोमबार बलेफी हाइड्रोपावरको मूल्य ९.९९ प्रतिशतले बढ्दै २८९.३० रुपैयाँमा कारोबार भयो । ग्रिन भेन्चर लिमिटेडको मूल्य समेत ९.९८ प्रतिशतले बढेर ३२०.७० रुपैयाँ पुगेको छ । युनिलिभर नेपालको मूल्य ४.१० प्रतिशतले बढ्दै १८ हजार १ सय पुग्यो । यस दिन मानुषी लुघवित्त वित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा धेरै धेरै ५.४० प्रतिशतले घटेर १०४७.२० रुपैयाँमा आएको छ । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार