१ करोड २० लाख भ्रष्टाचारको आरोपमा जितपुर-सिमराका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतविरुद्ध दुई मुद्दा

काठमाडौं । बाराको जितपुर सिमरा उपमहानगरपालिका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शिवराज सेढाईंसहित दुई वटा छुट्टाछुट्टै सप्लायर्सविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।

आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शिवराज सेढाईं विरुद्ध १ करोड २० लाख २८ हजार ९० रुपैयाँ, न्यू पाथिभरा सप्लायर्स, हेटौंडा–४, मकवानपुरकी प्रोपाइटर मीनाकुमारी श्रेष्ठविरुद्ध १ करोड ६६ लाख ७२ हजार ६ सय रुपैयाँ भ्रष्टाचार गरेको भन्‍दै शुक्रबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

यस्तै जीतपुरसिमरा उपमहानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शिवराज सेढाईविरुद्ध पसाहा खोलाबाट खोलाजन्य पदार्थ उत्खनन, संकलन तथा बिक्री गरेको आरोपमा उनीविरुद्ध ९९ लाख ९९ हजार ९९९ रुपैयाँ हिनामिना गरेको अख्तियारको आरोपत्रमा उल्लेख छ । त्यस्तै अख्तियारले ओम सप्लायर्सले ठेक्का सम्झौता अनुरुपको कार्य नगरी गैरकानूनी रुपमा उत्खनन् गरी विक्रीवापतको रकम नुबझाएको भन्‍दै सप्लायर्सका प्रोपाइटर ओम शंकर प्रसादविरुद्ध १ करोड ३८ लाख ९९ हजार ९९८ रुपैयाँ मुद्दा दायर गरेको छ । अनलाइनखबरबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार