पहिरोमा परी ३ जनाको मृत्यु

पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका–७ बिदीनमा पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु भएको छ भने १ जनालाई प्रहरीले सकुशल उद्दार गरेको छ । शुक्रबार राती बर्षातको कारण गएको पहिरोले स्थानीय रुपलाल मगरको ढुंगा माटोले बनेको ३ तले घर र गाईगोठ समेत पुरेको थियो ।

पहिरो गएको स्थानमा खटिएको प्रहरी चौकी सिदिन र जिल्ला प्रहरी कार्यालय पाँचथरको टोलीले रुपलालका काका ७१ वर्षीय दल प्रसाद मगरलाई सकुशल उद्दार गरेको थियो । पहिरोमा पुरिएर ५५ वर्षीय रुपलाल मगरलाई हिजो बिहान र उनको ४२ वर्षीया श्रीमती गोमा मगर, दल प्रसादको १९ वर्षीया नातिनी एलिसा मगरलाई आज बिहान मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार