• त्रिभुवन विमानस्थलमा आज पनि क्यालिब्रेसन फ्लाइट

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज पनि क्यालिब्रेसन फ्लाइट हुनेछ । त्यसका लागि त्रिभुवन विमानस्थल कार्यालयले ११ः३० बजेदेखि २ः३० बजेसम्म नोटाम नोटिस जारी गरेको छ । यो अवधिमा सबै प्रकारका आन्तरिक र बाह्य उडान प्रभावित हुनेछन् । बिहीबार पनि परीक्षण उडानको क्रममा केही जहाजहरुलाई आकाशमा होल्ड गरिएको थियो ...

  • सांगठनिक कार्यविभाजन छाडेर एमसीसीमा बहस गर्नुपर्ने नारायणकाजी पक्षको माग

    काठमाडौँ । अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाधिवेसनको निर्णय उल्टाएकाले नारायणकाजी श्रेष्ठ पक्षले सोही विषयलाई सुरुमा नै छलफलको विषय बनाउनुपर्ने माग राखेको छ । गत पुस १३–१९ मा सम्पन्न महाधिवेशनले ‘संशोधन र परिमार्जन बिना’ एमसीसी अनुमोदन गराउने निर्णय गरेको ...

  • आगामी चुनावसम्मै गठबन्धनले निरन्तरता पाउँछ : यादव

    काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सत्ता गठबन्धनले आगामी चुनावसम्मै निरन्तरता पाउने बताउनुभएको छ । बिहीबार बालुवाटारमा बसेको गठबन्धन बैठकले यस्तो अनौपचारिक निष्कर्ष निकाले यादवले बताउनुभयो । ‘सत्ता गठबन्धनले आगामी चुनावसम्मै निरन्तरता पाउँछ, यो बिषयमा दुई चार दिनभित्र पार्टीको बैठक बसेर छलफल ग...

  • राजनीतिक दुर्घटना नभए सत्ता गठबन्धन चुनावसम्म जान्छ : गुरुङ

    काठमाडौं । माओवादी केन्द्र संसदीय दलका नेता नेता देव गुरुङले राजनीतिक दुर्घटना नभए सत्ता गठबन्धन चुनावसम्मै जान सक्ने बताउनुभएको छ । बुधबार बसेको सत्ता गठबन्धनको विषयमा पनि गठबन्धनको हालसम्मको समीक्षा र भविष्यबारे छलफल भएको उहाँको भनाइ छ । ‘अन्य कुनै दुर्घटना भएन भने सत्ता गठबन्धन आगामी स्थानीय तहको चुनावसम्मै लम्बि...

  • स्थानीय तहको निर्वाचनमा तालमेलबारे सातवटै तहको राय लिन्छौँ : सिंह

    काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले आसन्न स्थानीय तहको निर्वाचनमा चुनावी तालमेलका लागि पार्टीले सातवटै तहका कार्यसमितिको सल्लाहअनुसार निर्णय लिने बताउनुभएको छ । काभ्रेको धुलिखेलमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले चुनावी तालमेलका बारेमा निर्णय गर्नका लागि सबै तहका कार्यसमितिहरूसँग राय लिइने बताउनुभएक...

  • कांग्रेस जिल्ला अधिवेशन : नेतृत्वका लागि त्रिपक्षीय दौड

    महोत्तरी । नेपाली कांग्रेस महोत्तरीको नेतृत्व चयनका लागि भोलि २० फागुनमा हुन लागेको निर्वाचनमा त्रिपक्षीय भिडन्त हुने भएको छ । जिल्ला सभापतिको लागि यहाँ तीन जना मैदानमा उत्रिएका छन् । नेता रामचन्द्र पौडेल पक्षधर प्यानलबाट बजरङ्ग नेपाली र सभापति शेरबहादुर देउवा पक्षधर प्यानलबाट नागेश्वर यादव र सुशील यादवले उम्मेदवारी...

  • कांग्रेसले राष्ट्रघात गर्न जानेको छैन : महामन्त्री शर्मा

    काठमाडौँ । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले कहिल्यै पनि राष्ट्रघात गर्न नसक्ने बताउनुभएको छ । उहाँले राष्ट्रियताको नारा लिएर जनताको पक्षमा काम गर्दै आएको कांग्रेसले राष्ट्रघात गर्‍यो भनेर भ्रम फैलाउनेहरूलाई जनताले प्रश्न गर्न सक्नुपर्ने बताउनुभयो । भक्तपुरको मध्यपुरथिमि नगरपालिकामा बिहीबार क...

  • सातामा नेप्से परिसूचक ११४.०४ अंकले गिरावट

    काठमाडौँ । पछिल्लो एक सातामा नेप्से परिसूचकमा उच्च अंकले गिरावट आएको छ । नेप्से यो सातामा तीन दिन मात्रै कारोबार भएको छ । तीन दिनको कारोबारमा नेप्से परिसूचक ११४.०४ अंकले गिरावट आएको छ । गत हप्ताको बुधबार देखि नेप्सेमा निरन्तर रुपमा गिरावट आएको हो । नेप्से परिसूचकमा गत साताको अन्तिम कारोबारको दिन बिहीवार २ हजार ६६१.४...

  • एमसिसीमा नेपालीको स्वाभिमान झुक्न दिइने छैन : मन्त्री गहतराज

    काभ्रेपलाञ्चोक । युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले देशको स्वाभिमान झुक्न नदिने बताउनुभएको छ। काभ्रेको कोसीपूर्वमा अवस्थित चौंरीदेउराली गाउँपालिका–७ मादनकुँडारीस्थित ‘शहीद एवं बेपत्ता परिवार सम्मान एवं सालिक अनावरण’ कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) का विषयमा नेपालीको स्वाभिमा...

  • एमसीसी सम्झौता अनुमोदनपछि विश्वमा नेपालको विश्वासनीयता बढ्यो : प्रधानमन्त्री देउवा

    काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) संसद्‌बाट अनुमोदन भएपछि विश्वमाझ नेपालको विश्वासनीयता बढेको बताउनुभएको छ । बिहीबार बालुवाटारमा बसेको ४ दलीय गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले यस्तो बताउनुभएको हो । बैठकपछि बोल्दै सरकारका प्रवक्ता एवम् सञ्चार ...