• देशको पक्षमा बोलेर ओली ‘महाहिरो’ बनेको भए म खुसी नै हुने थिएँ : रावल

    काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले पार्टीको विधान, प्रतिवेदन र संगठनात्मक प्रस्तावअनुसार नै आफूले एमसीसी अनुदान सम्झौताको विरोध गरेको बताउनुभएको छ । प्रतिनिधिसभामा पार्टीले वेल घेराउ गरिरहेका बेला एमसीसीमाथिको छलफलमा भाग लिएको भन्दै अध्यक्ष केपी शर्मा ओलीले मंगलबार रावलले अनुशासनहीन काम गरेको बताउनुभएको थियो ।...

  • माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक २० गते बस्ने

    काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक यहि फागुन २० गते बस्ने भएको छ ।पार्टी कार्यालयका अनुसार सबै केन्द्रीय सदस्यहरुलाई म्यासेज गरेर २० गते बिहान ११ बजे बैठकमा उपस्थित हुन भनिएको छ । माओवादीको केन्द्रीय कमिटी बैठक राष्ट्रिय सभागृहमा बस्नेछ । माओवादी केन्द्रको बैठक गत पुस २५ गतेदेखि पटक–पटक सर्दै आए...

  • काँग्रेसको जनसम्पर्क समितिद्वारा युक्रेनबाट पोल्याण्डको मेडेकाबाट नेपालीको उद्दार

    काठमाडौँ । नेपाली काँग्रेस निकट जनसम्पर्क समिति पोल्याण्डले रुस–युक्रेन द्वन्द्व प्रभावित नेपालीको उद्दारमा जुटेको छ । समितिका सभापति भीम परियारले युक्रेनबाट पोल्याण्डको सीमाना मेडेका पुगेका नेपालीलाई राजधानी वार्सातर्फ लगेका थिए । परियारले सीमामा पुगेका नेपालीलाई मंगलबार अपरान्ह राजधानी वार्सातर्फ बसमा लिएर गएका थि...

  • युक्रेनको सार्वभौमसत्ताप्रतिको हाम्रो समर्थनबारे अमेरिकासँग छलफल गर्‍यौँ : प्रधानमन्त्री देउवा

    काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकासँग रुस–युक्रेन युद्धका विषयमा छलफल गरेको बताउनुभएको छ । उहाँले मंगलबार राति अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिनकेनसँग टेलिफोन कुराकानीमा रुस–युक्रेन युद्धका विषयमा छलफल भएको ट्विटरमार्फत् जानकारी दिनुभएको हो । ‘अमेरिकी विदेशमन्त्रीसँग कुराकानी भएको छ । नेपालको गरिबी ...

  • बागलुङ बसपार्क निर्माणमा अनियमितता : उपमेयरसहित प्राविधिक निलम्बित

    पोखरा । बागलुङ बसपार्क निर्माणमा अनियमितता गरेको भन्दै बागलुङ नगरपालिका उपप्रमुख सुरेन्द्र खड्का निलम्बनमा पर्नुभएको छ । बसपार्क निर्माणमा फिल्डमा नभएको कामको लागत अनुमानभन्दा नापी किताबमा अस्वभाविक रुपमा परिवर्तन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि उनी स्वतः निलम्बनमा परेका हुन् । अनुग...

  • अन्तर्राष्ट्रिय अदालत जानुपर्ने भयले प्रचण्डले एमसीसीमा सहमति जनाए : विजुक्छे

    काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छे ‘रोहित’ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि संगीन आरोप लगाउनुभएको छ । एमसीसीको विरोध गर्दै आएका प्रचण्डले अन्ततः सहमति जनाएपछि गत आइतबार संसदबाट पारित भएको थियो । विजुक्छेले यो घटनालाई तत्कालीन माओवादीको आह्वानमा भएको सशस्त्र द...

  • संसद भवन अगाडि बम राखेको आरोपमा विप्लव नेतृत्वको नेकपाका एक कार्यकर्ता पक्राउ

    काठमाडौं । राजधानीको नयाँ बानेश्वरस्थित संसद भवन अगाडि बम राखेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ परेको छ । पक्राउ पर्नेमा विप्लव नेतृत्वको नेकपामा आबद्ध सुवास महत रहेको महानगरीय अपराध महाशाखाका एकसएसपी बसन्त कुँवरले जानकारी दिनुभयो । काभ्रेका उनलाई महाशाखाको टोलीले बुधबार राजधानीबाट पक्राउ गरेको हो । एमसीसी संसदब...

  • सभामुखविरूद्व महाअभियोग प्रस्ताव ल्याउँछौ : बाँस्कोटा

    काठमाडौँ । पूर्वमन्त्री समेत रहेका नेकपा एमालेका नेता गोकुल बास्कोटाले सभामुखविरुद्ध एमालेले महाअभियोगको प्रस्ताव ल्याउनसक्ने बताउनुभएको छ। एमालेलाई परास्त गर्ने भुमिका खेलिरहेको भन्दै सभामुख अग्नि सापकोटाविरुद्ध अनुकूलतामा उक्त प्रस्ताव ल्याउने उहाँले बताउनुभयो । बुधबार बिहान सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै ...

  • साहित्यकार बीके पाल्पालीको निधन

    काठमाडौँ । साहित्यकार बीके पाल्पाली (विजय पोख्रेल) को निधन भएको छ । लामो समयदेखि मिर्गौला रोगबाट पीडित पाल्पालीको मङ्गलबार राति ११ः२० बजे निधन भएको नेपाल प्रज्ञा प्रतिष्ठानका सचिव प्रा. जगत् उपाध्याय ‘प्रेक्षित’ले जनाउनुभएको छ । पेरोल साहित्य प्रतिष्ठानका अध्यक्षसमेत रहेका पाल्पाली कानुन र पत्रकारिता पेसा अँगाल्दै आ...

  • ओलम्पिक मेडलिष्टलाई २ करोड पुरस्कार : खेलकुदमन्त्री गहतराज

    काठमाडौँ । संघीय सरकारका युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले खेलाडीहरुको हौसला बढाउने उद्देश्यले पुरस्कार कार्यविधि बनाउन लागिएको बताउनुभएको छ । मंगलबार नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ (एनएनआइपिए)द्वारा आयोजित स्पोर्टस अवार्ड कार्यक्रममा बोल्दै मन्त्री अथकले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा सह...