• बुटिकको क्षति सरकारले हेर्छः गृहमन्त्री खाँण

    काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले आन्दोलनकारीले तोडफोड गरेको बुद्धनगरस्थित जानकी श्रेष्ठको बुटिकको क्षति सरकारले हेर्ने बताउनुभएको छ। श्रेष्ठलाई हिजो टेलिफोन गरी गृहमन्त्री खाँणले साथमा सरकार रहेकाले नआत्तिन आग्रह गर्नुभयो। श्रेष्ठसँग गृहमन्त्रीले गरेको कुराकानी उद्धृत गर्दै उनका प्रेस संयोजक मधुसुदन भट्टराईले भ...

  • तारिख गुजारेपछि लुम्बिनी प्रदेशकी कृषिमन्त्री रायमाझीको सांसद पद गुम्यो

    काठमाडौं । लुम्बिनी प्रदेशकी कृषि, खाद्य प्रविधि तथा भूमिव्यवस्था मन्त्री सुमन शर्मा रायमाझी सांसदबाट पदमुक्त हुनुभएको छ । सर्वोच्च अदालतमा विचाराधिन मुद्दाको तारिख गुजारेका कारण उहाँलाई पदबाट नहटाउनु भन्ने अन्तरिम आदेश निष्कृय भएको हो । अब उहाँ बढीमा ६ महिनासम्म मात्रै मन्त्री पदमा बहाल हुन पाउँनुहुन्छ। रायमाझीसहित...

  • राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपति लामिछानेले गरे पदभार ग्रहण

    दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपति डा. विकास लामिछानेले पदभार ग्रहण गर्नुभएको छ । मंगलबार नियुक्त भएका उपकुलपति लामिछानेले बुधबार बिहानै प्रतिष्ठान पुगेर पदभार ग्रहण गर्नुभएको हो। उहाँलाई प्रतिष्ठानका शिक्षाध्यक्ष बसन्त लामिछाने, रजिष्ट्रार प्रकाश थापा, डिन सागर पन्थी, अस्पतालका उपनिर्देश...

  • कलाकार जयनन्द लामाको निधनप्रति राष्ट्रपतिद्वारा दुःख व्यक्त

    काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले कलाकार जयनन्द लामाको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । कलाकार लामाको निधनबाट नेपाली कलाकारिता क्षेत्रले ठुलो क्षति व्यहोर्नुपरेको भन्दै उहाँले मृतआत्माको चीर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ । आधारिक ट्विटरमार्फत् कलाकार लामाको निधन...

  • कर्णाली सरकारले प्रदेशका साना लघुजलविद्युतको अवस्थाबारे विवरण संकलन गर्ने

    सुर्खेत । कर्णाली प्रदेश सरकारले साना जलविद्युत आयोजनाको अवस्थाबारे विवरण संकलन गर्ने भएको छ । कर्णाली प्रदेशको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले कर्णाली प्रदेश १० जिल्लामा रहेका साना जलविद्युत् आयोजनाका अवस्थाबारे विवरण संकलन गर्ने भएको हो । कर्णाली प्रदेशका सबै जिल्लामा रहेका साना जलविद्युत आयोजना, मर्मत गर्नुपर...

  • सुस्ताबासीलाई नागरिकता र जग्गाधनी पुर्जा वितरण गरिन्छ : मन्त्री झाँक्री

    परासी । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सुस्ताबासीलाई प्रक्रिया पुर्‍याएर नागरिकता र जग्गाधनी प्रमाणपत्र वितरण गरिने बताउनुभएको छ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुस्ता गाउँपालिका–५ स्थित सुस्तामा सडक सञ्जालको उद्घाटन कार्यक्रममा उनले नेपाली भूमि संरक्षणमा सुस्ताबासीको योगदान अमूल्य रहेकाले यहाँका ...

  • प्रतिबन्धले विश्व बजार र अमेरिकीलाई पनि असर पार्छ : रुसी राजदूत

    एजेन्सी । पश्चिमा प्रतिबन्धले विश्व बजार प्रभावित हुने अमेरिकीहरुको भलाईमा पनि असर पार्ने अमेरिकाका लागि रुसी राजदूत एनाटोली एन्टोनोभले बताउनुभएको छ । यसले मस्कोलाई उसको विदेश नीति परिवर्तन गराउन बाध्य नहुने एन्टोनोकोभनाई उद्धृत गर्दै रुसको नोभोस्टि समाचार संस्थाले जनाएको छ । ‘हामी बिरुद्धको प्रतिबन्धले विश्वव्यापी ...

  • कम्युनिस्टको स्कुलिङ नै अमेरिका विरोधी : महामन्त्री शर्मा

    झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कम्युनिस्टको स्कुलिङ नै अमेरिका विरोधी भएको र चीन कम्युनिस्ट मुलुक भनेर कांग्रेसलाई वैरभाव नभएको बताउनुभएको छ । उहाँले अमेरिका र चीन दुवै देशले दिएको सहयोग नेपाललाई स्वीकार्य हुने बताउनुभयो । उहाँले नेपाल गरिब मुलुक भएका कारण दुवै देशले ऋण, अनुदान जे–जे दिन्छन्...

  • युक्रेनमा २४ घण्टाभित्र पूर्ण आकारको आक्रमण हुनसक्ने : अष्ट्रेलियाली प्रधानमन्त्री मोरिसन

    एजेन्सी । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले युक्रेनमा आगामी २४ घण्टाभित्रमा पूर्ण आकारको आक्रमण हुने चेतावनी दिएका छन् । अस्ट्रेलिया र न्यूजिल्यान्ड दुवै मुलुकले रुसी राष्ट्रपतिलाई बुधबार उनीहरुको विरोध व्यक्त गर्नका लागि आग्रह गरेका छन् । संकट विस्तार भएसँगै पश्चिमा मुलुक र उनीहरुका मित्रहरुले रुसमाथि प्रति...

  • नेष्डो समृद्ध लघुवित्तको आईपीओ खुल्यो

    काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयर (आईपीओ) का लागि आवेदन खुला भएको छ । संस्थाको ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता आईपीओका लागि आज बुधबारदेखि खुला भएको हो । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् भने आईपीओमा छिटोम...