बेनी ।म्याग्दीका एक कोरोना संक्रमतिको मृत्यु भएको छ । कास्कीको पोखरा स्थित मणिपाल शिक्षण अस्पतालमा उपचारर्थ रघुगंगा गाउँपालिका–३ का ७८ वर्षीय पुरुषको सोमबार बिहान ३ १५ बजेको समयमा मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारका लागि म्याग्दीबाट पोखरा जानुभएका ७८ बर...
समाचार
-
-
यार्सागुम्बा संकलन खुला
मनाङ । कोरोना महामारीले निम्त्याएको अर्थ संकट टार्न हिमाली जिल्लामा यार्सगुम्बा सङ्कलन सुरुवात हुने भएको छ। लामो समयसम्म कोरोनाले थलिएको अर्थतन्त्रलाई उकास्न कठिन भएको र अमूल्य जडिबुटीलाई यसै खेर जान नदिन जडिबुटी सङ्कलन गर्न लागिएको हो। यसका लागि अन्नपूर्ण संरक्षण क्षेत्रले अनुमति प्रदान गरेको छ। यहाँको आर्थिक अवस्थ...
-
निक्षेप भन्दा तीन गुणा बढी कर्जा लगानी
काठमाडौं । बाणिज्य बैंकहरुमा पछिल्लो साता निक्षेप घटेको छ । एक सातामा बैंकहरुमा ५ अर्ब रुपैयाँले निक्षेप घटेको नेपाल बैंकर्स संघले जनाएको छ । तर यस अवधिमा कर्जा लगानी भने तीन गुणाले बढेको छ । गत साता ३९ अर्ब २७ अर्ब निक्षेप संकलन पुगेको वाणिज्य बैंकहरुमा यो साता ५ अर्बले घट्दै ३९ खर्ब २२ अर्ब भएको हो । तर यता बैंकहर...
-
मकवानपुर प्रवेश गर्ने यात्रुमाथि कडाइ
मकवानपुर । छिमेकी मुलुक भारत तथा प्रदेश नम्बर–२ बाट रातोमाटे नाका हुँदै मकवानपुर जिल्ला प्रवेश गर्ने यात्रुहरूको ज्वरो नाप्ने तथा परीक्षण गरिने भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको सोमबार बसेको बैठकले मकवानपुर प्रवेश गर्ने दक्षिणी रातोमाटे नाकाबाट मकवानपुर जिल्लामा प्रवेश गर्ने यात्रुहरूको हेटौंडा बस प...
-
काठमाडौं उपत्यकामा १६ वैशाखदेखि निषेधाज्ञा
काठमाडौं । काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गर्ने भएको छ । सोमबार बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । अर्को आदेश जारी नभएसम्मका लागि उपत्यकाका तीनवटै जिल्लामा निषेधाज्ञा कायम रहने बैठकमा सहभागी एक जिल्ल...
-
सुर्खेतमा मंगलबारदेखि एक साता निषेधाज्ञा
सुर्खेत । जिल्ला कोरोना संकट व्यवस्थापन समितिले भोलि राति १२ बजेदेखि एक हप्ता निषेधाज्ञा लागु गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ । सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले कोरोना नियन्त्रणभन्दा बाहिर जान थालेपछि निषेधाज्ञा जारी गर्ने निर्णय भएको बतानुभयो । सुर्खेतमा मात्रै ३ सयभन्दा ...
-
खैरेको हत्यारालाई कारबाही माग
धुलिखेल । खैरेलाई हिर्काएर मारेका विरोधमा दोषीमाथि कानूनी कारवाहीको माग गरिएको छ । धुलिखेल नगरपालिका–४ स्थित २८ किलो भन्ने स्थानमा दुई युवाले गत चैत १८ गते खैरे नामको कुकुरलाई मारेका थिए । रेस्क्यु एनिमल नेपालले हत्यामा संलग्न युवालाई तत्काल पक्राउ गर्न अनुरोध गरे पनि प्रहरीले आलटाल गरेको संस्थाका पदाधिकारी सिर्जना ...
-
स्काभेटर पुरिँदा चालकको मृत्यु
रुकुमपूर्व। भूमे गाउँपालिका–८ सिमखोला ९पूर्साबाङ०मा बाटो खन्ने क्रममा माथिबाट झरेको सुख्खा पहिराले पुर्दा स्काभेटर चालकको मृत्यु भएको छ । आइतबार साँझ सडक खनिरहेका बेला एक्कासि झरेको सुख्खा पहिराले स्काभेटर पुरिँदा भूमे–१ लुकुमका ४२ वर्षीय कर्णवीर पुनको ज्यान गएको इलाका प्रहरी कार्यालय खाबाङका प्रहरी प्रमुख शविन शाहले ज...
-
आमाको हत्या अभियोगमा छोरा पक्राउ
कपिलवस्तु । कपिलवस्तु प्रहरीले एक वर्ष अघि आमाको हत्या गरेर फरार भएका छोरालाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी प्रमुख एसपी नवराज अधिकारीका अनुसार २०७६ साल कार्तिक १६ गते बिहान कपिलवस्तु नगरपालिका-८ दोहनीका २८ वर्षीय सुरेन्द्र कुर्मीले आफ्नी ५५ वर्षीय आमा फुलमतीलाई घरायसी विवादका क्रममा हत्या गरेका थिए । आमाको हत्या विर...
-
कोरोनाका संक्रमणबाट बागमती प्रदेशमा एकैदिन ९ जनाको मृत्यु
मकवानपुर । बागमती प्रदेशमा एकैदिन कोरोना संक्रमणका कारण ९ जनाको मृत्यु भएको छ ।पछिल्लो समय कोरोना संक्रमणका कारण मृत्यु हनेमा सबैभन्दा बढी काठमाडौं उपत्यकामा रहेको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश अन्तर्गतका १३ जिल्लामध्ये काठमाडौंमात्र कोरोना संक्रमणका कारण आइतबार एकैदिन ४ जनाको मृत्यु भएको छ । ...