• शेयर बजारमा ५४ अंकको सुधार

    काठमाडौं । साताको अन्तिम दिन बिहीबार शेयर बजारमा उच्च अंकको सुधार भएको छ । बुधबार ३० अंकले घटेको शेयर बजार बिहीबार ५४ अंक भन्दा बढीले बढेको छ । नेप्से परिसूचक ५४ दशमलव १२ अंकले बढेर २ हजार ८ सय ५७ दशमलव ७५ अंकले बढेको छ । शेयर कारोबार रकम भने घटेको छ । बुधबार ८ अर्ब माथिको शेयर कारोबार भएकोमा बिहीबार ७ अर्ब पनि पुग्...

  • नोबेल मेडिकल कलेजका सञ्चालक शर्माको विरोधमा विद्यार्थी

    विराटनगर । अतिरिक्त शुल्क नतिर्ने अडानका साथ आन्दोलनमा उत्रिएका नोबेल मेडिकल कलेजका विद्यार्थीले बिहीबार कलेज सञ्चालक सुनिल शर्माको पुत्ला दहन गरेका छन् । दुई हप्ताभन्दा लामो समयदेखि आन्दोलनरत विद्यार्थीले मेडिकल कलेज परिसरमै सञ्चालक शर्माको पुत्ला दहन गरेका हुन् । विराटनगरको शुक्रबारे हाट चोकबाट सञ्चालक शर्माको पुत्ला...

  • मधेस केन्द्रित दलमा रुझान बढदो, तमलोपा र राजपा नेपालसमेत पार्टी पुनः दर्ता

    काठमाडौँ । तराई मधेसमा विगतमा राजनीतिक नाम कमाएका पार्टीका नामहरू पुनः ब्युत्याउँदै निर्वाचन आयोगमा राजनीतिक दल दर्ता गर्ने क्रम बढ्न थालेको छ। संघीय संसदमा प्रतिनिधित्व गर्ने जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टीबीच आन्तरिक खिचलो बढ्दै जाँदा पुरानै नाममा तराई मधेस केन्द्रित दल दर्ता गर्ने क्रम ब...

  • प्रहरी चौकीमा कार्यरत प्रहरीबीच झडप हुँदा हवल्दार घाइते

    धनगढी । दार्चुलामा प्रहरीहरुबीच नै प्रहरी चौकीमा झडप भएको छ । बुधबार राति करिब ८ बजे मालिकार्जुन प्रहरी चौकीमा कार्यरत प्रहरी र ट्राफिक प्रहरीबीच झडप भएको हो । चौकी इञ्चार्ज, ट्राफिक प्रहरी र प्रहरी हवल्दारबीच विवाद बढ्दै गएपछि झडप भएको एक प्रहरी अधिकारीले पुष्टि गर्नुभयो । उहाँका अनुसार सवारी साधन चेकजाँचको विषयलाई...

  • भोटखोला लिङ्गमकी सुत्केरीको हेलिकोप्टरमार्फत् उद्धार

    खाँदबारी । सङ्खुवासभाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिका–२ लिङ्गमबाट हेलिकोप्टरमार्फत सुत्केरीको उद्धार गरिएको छ । सुत्केरी हुन नसकेपछि भोटखोला–२ लिङ्गमकी २८ वर्षीया चिप्पयाङ्जम भोटेको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो । प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाका अनुसार राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत महिला बालब...

  • राजस्व छली आशंकामा एचबी र गणपति ट्रेडमाथि अनुसन्धान हुँदै

    काठमाडौँ । दर्ता ठेगाना काठमाडौं रहेका एचबी ट्रेड एण्ड सप्लायर्स र गणपति ट्रेड लिंक्सले राजस्व छलेको आशंकामा अनुसन्धान थालिएको छ । राजस्व अनुसन्धान विभागले यी दुई फर्मलाई सात दिनभित्र हाजिर हुन निर्देशन नै दिएको छ । एचबी ट्रेडका सञ्चालक विमल अग्रवाल र गणपतिका दीपेन्द्रकुमार अग्रवाल हुन् । घर ठेगाना र टेलिफोनबाट हाजि...

  • ४५ वर्षपछि तोकियो ‘औषध नियन्त्रण अधिकारी’

    काठमाडौँ । लागुऔषध नियन्त्रण ऐन, २०३३ जारी भएको ४५ वर्षपछि सो ऐनमा रहेको प्रावधानबमोजिम पहिलोपटक ‘औषध नियन्त्रण अधिकारी’ तोकिएको छ । गृहमन्त्री बालकृष्ण खाँणको पहलमा नेपाल सरकार, मन्त्रिपरिषद्को यही पुस २१ गतेको बैठकले सो निर्णय गरेको गृह मन्त्रालयको लागुऔषध नियन्त्रण शाखाका प्रमुख उपसचिव गोकर्णप्रसाद उपाध्यायले जानकार...

  • विदेश जाने महिलालाई स्थानीय तहको सिफारिस चाहिने निर्णय भएको छैन : विभाग

    काठमाडौँ । अध्यागमन विभागले पहिलो पटक जोखिम सम्भाव्य मुलुकमा नेपाली महिलाहरू भिजिट भिसामा जाँदा परिवारका सदस्य वा स्थानीय तहको सिफारिस आवश्यक पर्नेगरी निर्णय हुन लागेको भन्ने सार्वजनिक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । विभागले बिहीबार विज्ञप्ति जारी गरेर खाडी र अफ्रिकी मुलुकजस्ता जोखिम सम्भाव्य मुलुकमा ...

  • नेपाली सेनाको प्रवक्तामा सिलवाल

    काठमाडौँ । नेपाली सेनाको प्रवक्तामा सहायक रथी नारायण सिलवाल नियुक्त हुनुभएको छ । सिलवालले बिहीबारबाट नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सम्हाल्नुभएको हो । सिलवालले सामाजिक सञ्जालमार्फत बिहीबारबाट आफुले सेनाको प्रवक्ताको जिम्मेवारी सम्हालेको जानकारी दिनुभएको छ । उहाँले भन्नुभएको छ , ‘आजबाट औपचारिक रुपमा नेपाली सेनाक...

  • मन्त्रिपरिषद बैठक अनिश्चित

    काठमाडौँ । मन्त्रीहरूमा कोरोना संक्रमण भएपछि आज बस्ने नियमित मन्त्रिपरिषदको बैठक पनि अनिश्चित भएको छ । केही मन्त्री कोरोना संक्रमित भएको र केही कन्ट्रयाक ट्रेसिङमा परेकाले सोमबार र बिहीबार नियमित रुपमा बस्दै आएको मन्त्रिपरिषद बैठक अनिश्चित भएको हो । गत सोमबार पनि बैठक बस्न सकेको थिएन । ‘केही मन्त्रीहरूमा कोरोना संक्...