जनकपुरधाम । बालिका बलात्कारको आरोपमा प्रहरीले धनुषामा २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मुस्कान खातुन र शम्भु भनिने ओमनारायण यादव छन् । प्रहरीका अनुसार मुस्कान खातुनले १३ वर्षकी बालिकालाई आफ्नै कोठामा ग्राहक बोलाई यौनधन्दामा लगाउने गरेकी थिइन् । खातुन लक्ष्मीनियाँमा एउटा कोठा भाडामा लिएर बस्दै आएकी थिइन् । त्...
स्वास्थ्य
-
-
थप १२७ जनामा कोरोना संक्रमण पुष्टि , २ जनाको मृत्यु
काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर १ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै देशभर संक्रमितको कुल संख्या २ लाख ७२ हजार ७२ हजार ५५७ पुगेको छ । त्यसैगरी २४ घण्टामा १ सय ३६ जना निको भइ डिस्चार्ज भएका छन् । यो सँगै कोरोनाबाट निको हुनेको संख्या २ लाख ६८ हजार ७ सय ९६ पुगेको छ ।अहिलेसम्म निको हुनेको दर ९८.६ प्र...
-
ब्राजिलमा कोरोना संक्रमणबाट एकै दिनमा १३५१ को मृत्यु
एजेन्सी । ब्राजिलमा गत २४ घण्टामा कोरोना भाइरस संक्रमणको कारण १ हजार ३५१ जनाको मृत्यु भएको सरकारी स्रोतले शुक्रबार जानकारी दिएको छ । सो अवधीमा ब्र्राजिलमा ५४ हजार ७४२ जना थप व्यक्ति कोरोना भाइरस संक्रमित भएपछि कुल संक्रमितको संख्या ९७ लाख १३ हजार ९०९ जना पुगेको सिन्हवा समाचार समितिले जानकारी दिएको छ । ब्राजिलमा कोरो...
-
अरुण तेस्रोको टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु
किमाथाङ्का । सङ्खुवासभाको मकालु गाउँपालिका–५ मा अरुण तेस्रोको टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मकालु–३ हेदाङ्नाका ४२ वर्षीष खड्ग बहादुर राई रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सन्तोष बुढाथोकीले जानकारी दिए । खाँदबारी किमाथाङ्का सडक खण्डको फ्याक्सिन्दा बेँसीमा भारतको विहार प्रदे...
-
शरीर दान दिने घोषणा गर्दै सत्यमोहन जोशी दम्पती
ललितपुर । नेपाली वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी र उनकी पत्नी राधादेवी जोशीले मृत्युपछि शरीर दान दिने भएका छन् । संस्कृतिविद् जोशी र उनकी श्रीमती राधादेवी जोशीले चिकित्सा विज्ञान प्रयोगात्मक ज्ञानका लागि मरणोपरान्त आफ्नो शरीर दान गर्ने घोषणा गर्ने भएका छन् । उनीहरुले आज ललितपुर महानगरपालिकाको प्राङ्गणमा आफ्नो शरी...
-
भारतीय बालुवा तस्कर र सशस्त्र प्रहरीबीच झडप, दुईजना सशस्त्र प्रहरी घाइते
वीरगञ्ज । नेपाली भूमिमा प्रवेश गरेर बालुवा उत्खनन गरिरहेका भारतीय बालुवा तस्कर र सशस्त्र प्रहरीबीच झडप भएको छ । झडपका क्रममा दुईजना सशस्त्र प्रहरी घाइते भएका छन् । २४ वर्षीय आयुष राय यादव र अन्दाजी २५ वर्षीय नरेश यादव घाइते भएका हुन् । उनीहरुको नारायणी अस्पतालमा उपचार भइरहेको छ । आयुषको देब्रे कानमा चोट लागेको छ । क...
-
वरिष्ठ नेता झलनाथ खनाल नयाँ दिल्ली प्रस्थान
काठमाडौ । नेकपा प्रचण्ड–माधव पक्षका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल भारतको नयाँदिल्ली प्रस्थान गरेका छन् । सचिवालय सदस्य एवम् वरिष्ठ नेता खनाल स्वास्थ्य उपचारका लागि शुक्रबार बिहान ११ बजे नयाँ दिल्ली प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ । खनाल पत्नी रविलक्ष्मी चित्रकारका साथ नेपाल नेपाल वायुसेवाको न...
-
सर्लाहीमा नालामा डुबेर एक बालकको मृत्यु
जनकपुरधाम । सर्लाहीको पर्सा गाउँपालिकामा एकजना बालकको नालामा डुबेर मृत्यु भएको छ । पर्सा गाउँपालिका वडा नम्बर ५ बस्ने ब्रहमदेव साहका ३ वर्षीय छोरा हिमांसुको नालामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । बिहीबार साँझदेखि हराएका हिमांसुको खाजी गर्ने क्रममा घर अगाडिको नालामा मृत फेला परेको सर्लाहीका प्रहरी प्रबक्ता मदन ...
-
लमजुङको लोदोखोलामा जीप दुर्घटना हुँदा तीनको मृत्य, तीन घाइते
लमजुङ । लमजुङको दोर्दी खोलामा निर्माणाधीन ५४ मेगावाटको सुपरदोर्दी ‘ख’ जलविद्युत् आयोजनाको बोलेरो जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । दोर्दी गाउँपालिका– ६ सिमीगाउँ नजिकै लोदोखोलामा प्रदेश नम्बर ३–०१–२२ च १३८३ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटना परी स्याङ्जा जिल्ल...
-
हेलिकोप्टरमार्फत सुत्केरीको उद्धार
फुङ्लिङ । ताप्लेजुङमा बच्चा जन्मिएपछि रगत नथामिएर ज्यान जोखिममा परेकी सुत्केरीको उद्धार गरिएको छ । राष्ट्रपति महिला उत्थानशील परियोजनाअन्तर्गत होलिकोप्टरमार्फत ताप्लेजुङ सिरिजङ्घा गाउँपालिका–५ पेदाङकी ३५ वर्षीया शान्ता भट्टराई लिम्बूको हेलिकोप्टरबाट शनिबार उद्धार गरेर विराटनगर लगिएको हो । लिम्बूको अत्यधिक रक्तश्र...





















