तेस्रो कालिपुल युनाइटेड कप सुरु

बेनी ,मंगलबार असोज ७ गते ।
म्याग्दीको सदरमुकाम बेनीमा फुटबल प्रतियोगिता सुरु भएको छ । कालीपुल युनाइटेड क्लवको आयोजनामा बेनी स्थित खुल्ला मञ्चमा मंगलबारदेखी सर्वाधिक धनराशी पुरस्कार भएको तेस्रो कालिपुल युनाईटेड कप फुटबल प्रतियोगिता सुरु भएको हो । आगमी ११ गते सम्म संचालन हुने प्रतियोगिताको प्रतिनिधि सभाका सांसद भुपेन्द्रबहादुर थापाले उद्घाटन गर्नुहुदै खेलकुदले राष्ट्र र व्यक्तीको पहिचान बनाउनुको साथै स्वस्थ एवम् सभ्य समाज निर्माणमा महतत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो ।

खेलाडीमा लुकेर रहेका प्रतिभा प्रष्फुटनमा प्रतियोगिताले सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो । साथै उहाँले जिल्लामा सुविधा सम्पन्न दुई वटा खेल मैदान निर्माणका लागि संघिय सरकारबाट ९० लाख रुपैयाँ बजेट विनियोजन गरेको समेत जानकारी दिनुभयो ।

खेलकुद क्षेत्रको विकासका लागि संघिय सरकार स्थानिय तहको संयुक्त सहकार्यमा एक गाउँपालिका एक खेलमैदान निर्माणलाई जोड दिएको उहाँले बताउनुभयो । कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य सांसद विनोद केसीले प्रतियोगिताले खेलाडीमा लुकेर रहेको प्रतिभालाई उजागर गर्नमा मदत पुग्ने विश्वास व्यक्त गर्नुभयो । खेल क्षेत्रको विकासका लागि स्थानीय तहको समन्वयमा विद्यालय तथा वडामा पुर्वाधार निर्माणलाइ जोड जोड दिएको उहाँको भनाइ छ ।

क्लब अध्यक्ष विकास पुनले खेलाडीमा लुकेर रहेको प्रतिभा उजागर गर्न र खेल क्षेत्रको प्रवद्र्धनका लागि प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । प्रतियोगितामा १७ टिमको सहभागिता रहेको क्लब सचिव तेजिन्द्र फगामीले जानकारी दिनुभयो । फुटबल प्रतियोगिताबाट १२ लाख ९५ हजार रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ भने ९ लाख ५७ हजार रुपैयाँ खर्च हुने जनाइएको छ ।

मंगलबार भएको उद्धघाटन खेलमा आयोजक सि टिमलाई बुद्ध युवा क्लब मंगलघाटले पराजित गरेको छ । प्रतियोगितामा प्रथम र द्धितिय हुने टिमले क्रमश १ लाख ३५ हजार ५५५ रुपैया र ७५ हजार ५५५ रुपैया , ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । सेमिफाइनलमा बाहिरिने टिमलाई १५ हजार र अनुशासित टिमलाई ७ हजार ७७७ रुपैया रहेको छ । भने उतकृष्ट खेलाडी, गोलकर्ता, डिफेन्डर, गोलरक्षक र मिडफिल्डरलाई नगद ५ हजार ५५५ रुपैयासहित मेडल र प्रमाणपत्र रहेको छ ।

क्लवका अध्यक्ष पुनको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष राजु छन्त्यालको स्वागत मन्तव्य र सदस्य सोनीया पुनको संचालनमा भएको कार्यक्रममा प्रहरी नायव उपरिक्षक महेन्द्रप्रसाद मरासीनी, बेनी नगरपालिकाका –८ का अध्यक्ष एवम् प्रवक्ता रामकृष्ण बराईली र विभिन्न संघसंस्था र क्लवका प्रतिनिधिहरुको उपस्थित रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार