दग्नाममा वडा स्तरीय भदौरे गाउँसभा सम्पन्न

गाउँका लागि आफैं कानुन निर्माण

  धनिलाल गर्बुजा

म्याग्दी । जिल्लाको रघुगंगा गाउँपालिका वडा नम्बर ४ दग्नाममा वडा स्तरिय भदौरे गाउँसभा सम्पन्न भएको छ । शनिबार दग्नाम वडा  नम्बर ४ को आयोजनामा भदौरे गाउँसभाको आम भेलाबाट यस बर्षको आन्तरिक स्थानीय कानुन पारित गरेको हो ।

प्रत्येक वर्षको भदौ महिनामा गाउँको रितिथिति व्यवस्थापन गर्न वडाका जनप्रतिनिधिले दग्नामवासीलाई एक ठाउँमा भेला गरी एक वर्षका लागि चली आएको मौलिक परम्परा  र रिति थितिको बारेमा नीति नियम बनाउँदै आए‍‍का छन् । आम भेलाबाट पारित गरिएको नीति नियम समुदायले व्यवहारमा लागु नगरेमा वडा कार्यलयबाट पाउने सेवा सुविधा देखी बञ्चित गरिने वडा अध्यक्ष पविन गर्बुजाले बताउनुभयो ।

गाउँ भेलाबाट बनाएको कानुनले गाउँमा उत्पादित रैथाने खाद्यान्न बालीको भाउ, कामदारको दैनिक ज्याला, घिउ–महको मूल्य, घरपालुवा पेय पदार्थको मूल्य लगायतकाे खरिद बिक्री मूल्य तोकिएको छ । वडा कार्यालयको बैठकमा ६ वटै टोलका टोल संयोजक, गाउँका भद्रभलाद्मी, बिभिन्न संघ सस्थाका प्रतिनिधि र निर्वाचित वडा जनप्रतिनिचि बिच १८ बुँदे उपर छलफल गरी प्रस्थावित एजेन्दा तयार पारिएको थियो । उक्त प्रस्तावित एजेन्दालाई आम भेलाको बहुमतबाट पारिद गरिएको वडाध्यक्ष गर्बुजाले जानकारी गर्नुभयो ।

मकै थन्क्याएर कोदो रोपेपछि हरेक वर्ष भदौ अन्तिममा गरिने भएकाले यसलाई गाउँमा भदौरेसभा भनिएको वडा सदस्य कुमारी पुर्जा गर्बुजाले बताउनु भयो । यस सभामा नियम पारित गरेपछी बर्षभरी कसैमाथी अभद्र व्यवहार नगर्ने, बन्देज गरेको ठाउँमा पशुचौपाय छाडा नछाड्ने, चोरी डकैती र अधर्म कार्य नगर्ने भनी कसम खाने चलन छ ।

वडा नम्बर ४ दग्नामा उत्पादित अन्नबाली र पेयपदार्थहरुको दरभाउ

आलु १ पाथीको रु. २०० सय, मकै, १ पाथी रु. २००, कोदो, १ पाथी रु. २५०, जौँ १ पाथी रु. २००, गहुँ १ पाथी रु. २००, औवा १ पाथी रु. २००, सीमी १ पाथी रु. ७००, भट्मास १ पाथी रु. ४००, केराउ १ पाथी रु. ४००, रजुला १ पाथी रु.७००, बोडी १ पाथी रु. ७००, फापर १ पाथी रु. २५०, रक्सी १ जम्मु रु. १५०, जाड १ जम्मु रु  १००, घ्यु र मह १ माना रु.१०००, बेसार १ माना रु. १५०, टिम्मुर १ माना रु. ४००

मिष्ट्री, मजदुर र खेतिपाती ज्याला

खेतिपाती ज्याला= असार र साउन महिना खाजा सहित रुं ७००, सुख्खा रु. ८००, बिहान ७ बजेबाट बेलुका ६ बजे सम्म, अन्य महिनको ज्याला खाजा सहित रु. ६००, बिहान ८ बजेबाट ५ बजे सम्म, मिष्ट्री ज्याला दक्ष कामदार रु. १०००, अर्धदक्ष कामदार  रु.९००, अदक्ष कामदार रु. ८००, खेतको गाह्रा लगाउने रु. ७००, हल गरु हलि सहित एक दिनको ज्याला रु. १६००, आरा कात्ने जोडी एक दिनको ज्याला रु.२०००, मेशिनबाट काठ चिर्ने प्रति घण्टा रु. १५०० यो मजदुर ज्याला, दरभाउ र निति नियम रघुगगंगा गाउँपाकिाको वडा नम्बर ४ भित्र मात्रै सरोकार रहने छ ।

गाउँमा रहेका विभिन्न संघ संस्थाहरुले आर्थिक बर्ष २०७८/०७९ को आय व्यय सार्वजनिक गरेका थिए । आय व्यय सार्वजनिक गर्ने संस्थाहरु जनाता मध्यामिक विद्यालय दग्नाम, सामुदायीक बन उपभाेक्ता समिति, नाङ्गी देबी आमा समुह, सिद्धभुमे आमा समुह, धौलागिरी बहुउद्देश्य सहकारी संस्था, एकता युवा क्लव, दग्नाम स्वस्थ्य चौकी, नाङ्गी देबी तथा भुमेथान संरक्षण समिति, पुर्ख्यौली संरक्षण समिति, दग्नाम नौमती बाजा समुह रहेका छन् ।

निति निमार्ण तथा छलफल भेलामा वडाध्यक्ष, वडा सदस्य, आमा समूहका प्रतिनिधि, क्लबका प्रतिनिधि स्वास्थ्य चौकीका प्रमुख, बन उपभाेक्ता समिति, भद्रभलाद्मी, कर्मचारी, स्थानीयवासी लगाएतका उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार