५६औं अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा रत्न स्मृति छात्रवृत्ति बितरण

म्याग्दी । जिल्लाको रघुगंगा गाउँपालिका वडा नम्बर४ दग्नाम स्थित जनता माध्यामिक विद्यालयमा रत्न स्मृति छात्रवृत्ति वितरण गरिएको छ । विहीबार विद्यालयको आयोजनामा  ५६औं अन्तराष्ट्रिय साक्षरता दिवसको अवसर पारेर रत्न स्मृति छात्रवृत्ति कोषबाट पाँच जना बिधार्थीलाइ जनही एक हजारका दरले छात्रवृत्ति बितरण गरेको हो ।

उक्त छात्रवृत्ति क्रमश निर्मला गर्बुजा, देबी गर्बुजा, नकिन पुन, जेनी गर्बुजा र नेहा सेरपुञ्जाजालाई प्रमुख अतिथि रघुगंगा गाउँपालिका–४ का वडा अध्यक्ष पविन गर्बुजा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनिलाल गर्बुजा र शिक्षक अभिभावक संघका अक्ष्यक्ष मेखबहादुर तिलिजा लगाएतले बितरण गर्नु भएको थियो ।

 

दग्नाम घर भई हाल बैदेशिक रोजगारीको शिलशिलामा दक्षिण कोरियामा रहनुभएका यौमन गर्बुजा र इजरायलमा रहनुभएकी उहाँकी दिदी बिष्णु गर्बुजाले स्वर्गिय बुबा रत्नबहादुर गर्बुजाको स्मृतीमा बि.सं.२०७३ सालमा पचास हजार रुपैयाँको रत्न स्मृती छात्रवृत्ति कोष स्थापना गर्नुभएको थियो । सोही कोषको ब्याजबाट बर्षेनी विद्यालयमा अध्ययनरत पाँच जना उत्कृष्ट, जेहेन्दार, बिपन्न र अनुशासित विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिँदै आएको प्रधानाध्यपक गुन पुनले जानकारी दिनु भयो ।

प्रअ पुनका अनुसार हरेक बर्ष बितरण गरिदै आएको छत्रबृत्ति बाहेक गर्बुजा दिदीभाईको आर्थिक सहयोगमा विद्यालयमा अध्ययनरत २८ जना गरिब ,जेहेन्दार, अनुशासित र विपन्न परिवारका विद्यार्थीलाई ४० हजार रुपैयाँ बराबरको स्कुल ड्रेस अघिल्लो आर्थिक बर्षमा वितरण गरिसकेको बताउनु भयो । गर्बुजाले आर्थिक समस्याका कारण घरमा विद्युत जदान गर्न नसकेका विपन्न परिवारका ५ घरधुरीलाई ४० हजार बाराबरको विद्युतिय उपकरणका सामाग्री समेत सहयोग गरिसकेका छन् ।

सोही कार्यक्रमको अवसरमा यस विद्यालयमा अध्यपनरत शिक्षक, कर्मचारीहरु मध्यबाट ५८ अङ्क प्राप्त गर्दै कुशकुमारी थजाली पुन शैक्षिक सत्र २०७८ सालको उत्कृष्ट शिक्षकबाट सम्मानित भएकी छिन् । जनता माविमा २०५३ साल देखी २०७१ साल सम्मा प्राथमिक तह अस्थायी करारमा कार्यरत थजाली पुन २०७१ सालदेखी प्रावि तृतिय श्रेणका स्थायी स्थानीय शिक्षिका हुनुहुन्छ । उहाँले लामो समय देखी विद्यालयमा कार्यरत रही शिक्षाको गुणस्तर सुधारका लागी गरेको योगदानको कदर गर्दै फूलमाला, सम्मानपत्र र १० हजार नगदसहित सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि गर्बुजाले पुरस्कारले लगनशिल र उत्कृष्ट नतिजाका लागी एक आपसमा प्रतिष्पर्धी बनाउन सहयो पुग्ने बताउनु भयो । उहाँले भन्नु भयो ‘आफ्नो सामाजिक दात्यित्व निर्बाह गर्ने क्रममा शैक्षिक क्षेत्रको बिकासका लागि आफु सधै प्रतिबद्ध रहनेछु’ ।

प्र.अ पुनले छात्रबृत्ति ग्रहण गरेका विद्यार्थीहरुलाई शुभकामना दिदै आगामी दिनमा अझै बिभिन्न कृयाकलावमा आफ्नो प्रतिभालाई उत्कृष्त बनाउन अनरोध गर्नु भयो । उहाँले पुरस्कारलाई उत्पे्ररणाको स्रोत मानेर भविष्यमा आफ्नो शैक्षिक स्तर अझ उकास्नु पर्ने बताउदै छात्रबृत्ति उपल्ब्ध गराउनु हुने सहयोगी सबैलाई धन्यवाद दिनु भयो ।  उहाँले भन्नु भयो ‘आफ्नो जन्मदिनको अवसरमा विद्यालयमा एक फूल एक गमला अभियन सुरु गरेकाछौं’ । जन्मदिनमा हुने अनावस्यक फजुल खर्चलाई जोगाएर विद्यालयलाई हराबरा बनाउनको लागी एक फूल एक गमला अभियान लाई  सहकार्य गर्न आग्रह गर्नु भयो ।

थजाली पुनले आफु सम्मानित भएकोमा खुशी ब्यक्त गर्दै अझ थप जिम्मेवारी थपिएको बताउनु भयो । सम्मान स्वरुप उहाँले प्राप्त गरेको नगदको ५० प्रतिशत रकम जनता बाल क्लवलाई हस्तान्तरण गर्नु भयो । विद्यालयमा बिभिन्न अतिरिक्त कृयाकलापमा पुरस्कृत भएकालाई समेत पुरस्मकार बितरण सहित  विविध नृत्यहरु र मापसे सम्बन्धि जनचेतनामुलक सडक नाटकले कार्यक्रमलाई थप रौनक बनाएको थियो ।

 

विव्यस अध्यक्ष गर्बुजाको सभापतित्व, शिक्षक प्रकाश आचार्यको स्वागत, खड्क गर्बुजाले सञ्चालन गरेको कार्यक्रममा वडा जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक अभिभावक संघका सदस्यहरु, एकता क्लवका प्रतिनिधि, स्वास्थ्य चौकीका प्रतिनिधि अभिभावक बुद्धिजीवी, विद्यालयका प्रधानाध्यापक, सह प्रधानाध्यापक लगायत शिक्षक कर्मचारी तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार