एसईई परिक्षामा सामुदायिकतर्फ प्रकाश मावि प्रथम

  म्याग्दी न्युज संवाददाता

म्याग्दीको बेनीस्थित प्रकाश माध्यमिक विद्यालयका एक विद्यार्थी सामुदायिक तर्फबाट प्रथम स्थान हासिल गरेका छन् । बेनी नगरपालिका-९, हटिया स्थायी घर भई हाल पर्वतको जलजला गाउँपालिका–७ धाईरिङ निवासी प्रेम श्रेष्ठले ३.९० जिपिए ल्याएर सामुदायिक विद्यालय तर्फ अब्बल नतिजा ल्याउन सफल भएको विद्यालयका निमित्त प्रधानाध्यापक लेख बहादुर हमालले बताउनुभयो ।

‘सामुदायिकमा प्रथम, सम्रग जिल्लातर्फ दोस्रो स्थान प्राप्त भएको छ’ निमित्त प्रअ हमालले भन्नुभयो । यसपटक विद्यालयबाट सहभागीमध्ये ३.८५ जिपिए सहित प्रविण सुबेदी र प्रकृति सुबेदी जिल्ला द्धितिय भएको विद्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार