प्रेस यूनियन म्याग्दीलाई १ लाख रुपैया सहयोग

म्याग्दी । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि एवम् सफल यूवा ब्यवसायी भिम रोकाले नेपाल प्रेस युनियन म्याग्दीलाई आर्थिक सहयोग गर्नुभएको छ । बेनी नगरपालिका–३ स्थित भकिम्ली स्थायी घर भई हाल काठमाण्डौमा रहनुभएका नेपाली कांग्रेसका यूवा नेता एवम् महाधिवेशन प्रतिनिधि रोकाले १ लाख रुपैया आर्थिक सहयोग गर्नुभएको हो ।

म्याग्दीमा क्रियाशिल पत्रकारहरुलाई आपतकालिन सहयोग,प्रोत्साहन र सम्मान गर्ने उद्धेश्यले स्थापित कोषको अभियानलाई थप प्रभावकारी बनाउन उक्त सहयोग गरेको सहयोगदाता रोकाले बताउनुभयो । प्रेस यूनियमा आवद्ध रहेका पत्रकार सहित नेपाली कांग्रेसका नेता तथा जनप्रतिनिधि मार्फत हालसम्म करिब ४ लाख नगद सहयोग प्राप्त भएको छ ।

प्रेस यूनियनले ज्योति विकास बैंकमा खोलेको खातामा जम्मा भएको आर्थिकको ब्याजले विभिन्न कार्यक्रम गरिने छ । ५ लाखको लक्ष्य रहेको अक्षयकोषलाई संगठनका पुर्व र वर्तमान पदाधिकारी,स्वदेश तथा विदेशमा रहेका शुभचिन्तकहरुले सहयोग गरेको र सहयोग आउने क्रम जारी रहेको प्रेस यूनियनका अध्यक्ष राकेश शर्माले बताउनुभयो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार