• दरवाङ र बाबियाचौरमा ११८ जनाले रक्तदान

    विप्लव कार्की दरवाङ । नेपाल रेडक्रस सोसाइटीको ६४औँ स्थापना दिवसको अवसरमा म्याग्दीका दुई स्थानमा आयोजित रक्तदान कार्यक्रममा ११८ जनाले रक्तदान गरेका छन् । नेपाल रेडक्रस सोसाइटी म्याग्दी जिल्ला शाखाको आयोजना तथा स्थानीय शाखा र उपशाखाको सहआयोजनामा बिहीबार मालिका गाउँपालिका–६ दरवाङ र मंगला गाउँपालिका–२ बाबियाचौरमा रक्तदान ...

  • फेदीमा ढुंगा खसेर एक बालक घाइते, दुई घरमा क्षति

    म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–५ फेदीमा पाखोबाट खसेको ढुंगाले दुई घरमा क्षति पुर्‍याउनुका साथै एक बालकलाई घाइते बनाएको छ । शनिबार साँझ बस्तीतर्फ खसेको ढुंगाले स्थानीय रामबहादुर घर्ती र चनमाया श्रेष्ठको घरमा क्षति पुगेको हो । चनमाया श्रेष्ठको घरमा बस्दै आएका शिव भण्डारीका १० वर्षीय छोरा सिजन भण्डारी घ...

  • वडा सदस्य गुरुङको निधन

    बेनी । म्याग्दीको मालिका गाउँपालिका–४,का वडा सदस्य गर्भे गुरुङ(ओमबहादुर)को निधन भएको छ। महभीर निवासी ५५ वर्षीय गुरुङको शुक्रबार राति उपचारका क्रममा दरबाङ आधारभूत अस्पतालमा निधन भएको हो। घरमै शुक्रबार राति स्वास्थ्यमा अचानक समस्या देखिएपछि उहाँलाई उपचारका लागि मालिका गाउँपालिका–६,स्थित दरबाङ आधारभूत अस्पताल पुर्‍...

  • मालिका गाउँपालिकाद्धारा स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक प्रकाशन,नेपाली र मगर खाम दुवै भाषामा पठनपाठन

    दरबाङ । म्याग्दीको मालिका गाउँपालिकाले आफ्नो मौलिकता, भाषा र संस्कृतिलाई शैक्षिक प्रणालीसँग जोड्दै स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक प्रकाशन गरेको छ । गाउँपालिकाको अघिल्लो कार्यकालदेखि नै सुरु गरिएको यो अभियानले अहिले पूर्णता पाएको हो । ‘हाम्रो मालिका’ नामक स्थानीय पाठ्यक्रम (कक्षा १–८) तथा ‘हाम्रो मालिका’ नामक स्...

  • ओखरबोटका शिक्षक तुलप्रसाद पुन (नयन बाबु)को मौलिक शिरफुले भाका ‘रेलिमै’को म्युजिक भिडिओ सार्वजनिक (भिडिओ)

    बेनी । म्याग्दीको मालिका गाउँपालिका –४,ओखरबोटका हाल अमरज्योति माविमा अध्यापनरत तुलप्रसाद पुन (नयन बाबु)को प्रस्तुतिमा मगर समुदायको प्रचलित मौलिक शिरफुले भाका रेलिमैको म्युजिक भिडिओ सार्वजनिक गरिएको छ । मौलिक कला, संस्कृति संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण गरिएको उक्त म्युजिक भिडिओ शनिबार बिहान गायक तथा सा...

  • ७० वर्षको उमेरमा राममायाँले पाइन् नागरिकता

    बेनी, २० जेठ । म्याग्दीको मालिका गाउँपालिका–६ डाँडाखर्ककी ७० वर्षीया राममायाँ खत्रीले जीवनको उत्तरार्धमा पुगेर नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्नुभएको छ । एकल महिला तथा शारीरिक रूपमा अपाङ्ग राममायाँलाई जिल्ला प्रशासन कार्यालयमा अन्य सेवाग्राहीसरह लामो लाइनमा नराखी प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमै राखेर नागरिक...

  • पर्यटकीय स्थल दुरलेकमा मन्दिर निर्माण, धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास (तस्बिर)

    बेनी । पर्यटकीय स्थल दुरलेकमा मन्दिर निर्माण, धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास म्याग्दी। म्याग्दीको मालिका गाउँपालिका–२ स्थित पर्यटकीय स्थल दुरलेकमा सिद्ध देवताको मन्दिर निर्माण गरिएको छ। यसअघि उक्त स्थानमा ढुङ्गा थानमा मात्र पूजा गर्ने प्रचलन रहेको थियो।स्थानीय सामाजिक संस्था दिपज्योति युवा क्लबको अगुवा...

  • वडामै पुगेर राष्ट्रिय परिचयपत्र वितरण

    बेनी । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ३ ,४ र ५ नागरिकलाई वडामै राष्ट्रिय परिचयपत्र उपलब्ध गराइएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीमा लामो समयदेखि थन्किएका राष्ट्रिय परिचयपत्र वडाबाटै वितरण अभियान अन्तर्गत शनिबार मालिका गाउँपालिका–३ ,रुम डाँडागाउँमा ३० जना र वडा नं ४ ओखरबोटमा १२ जनालाई वितरण गरिएको थियो । त्...

  • मालिकाको जेममा बुद्ध जयन्ती मेला विविध खेलकुद कार्यक्रम संचालन हुँदै

    बेनी । म्याग्दीको मालिका गाउँपालिका–२,स्थित जेममा बुद्ध जयन्ती मेला विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम संचालन हुने भएको छ । बुद्ध जयन्तीको अवसरमा जेम स्थित सामाजिक क्षेत्रमा क्रियाशिल दिप ज्योति युवा क्लबको आयोजनामा आगामी जेठ १० गते देखि १५ गते सम्म उक्त कार्यक्रम संचालन हुने भएको हो । क्लब सचिव शिशिर पुनका अ...

  • म्याग्दीको मालिकामा मंगलबारदेखि विद्यार्थी भर्ना अभियान सुरू

    बेनी । म्याग्दीको मालिका गाउँपालिकाले मंगलबारदेखि शैक्षिक सत्र–२०८३ को विद्यार्थी भर्ना सुरु गर्ने निर्णय गरेको छ । सोमबार गाउँपालिकामा बसेको शिक्षा समितिको बैठकले भर्नासँगै पठनपाठन पनि सुरु गर्ने निर्णय गरेको हो ।विगतका वर्षहरुमा वैशाख २ गतेबाट नयाँ भर्ना अभियानसँगै पठनपाठन हुने गरेकोमा यसबर्ष सरकारले बैशाख १५ गतेदेखि...