एसईई पुरक परीक्षा भदौ ११ र १२ गते, आवेदन ५ गतेसम्म

भदौ पाँच गतेसम्म आवेदन दिइसक्नुपर्ने

  म्याग्दी न्युज संवाददाता

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई)को ग्रेडवृद्धि (पुरक) परीक्षा भदौको ११ र १२ गते गराउने जनाएको छ ।

बोर्डले ग्रेडवृद्धिका लागि परीक्षा दिन चाहने विद्यार्थीले यही भदौ पाँच गतेसम्म आवेदन दिनुपर्ने पनि जनाएको छ । परीक्षार्थीले ‘सी’ वा ‘सी’ ग्रेडभन्दा कम प्राप्त गरेका विषयमध्ये दुई विषय रोजी पुरक परीक्षा दिन सक्नेछन् । परीक्षामा सहभागी हुने विद्यार्थीले तोकिएको ५०० राजश्व तिरी सम्बन्धित विद्यालयमा फाराम भर्न सक्नेछन् ।

विद्यार्थी बढीमा दुई विषयमा मात्रै पुरक परीक्षा दिन पाउने व्यवस्था छ । दुई विषयसम्म अनुपस्थित रहेका विद्यार्थीले पनि पुरक परीक्षा दिन पाउनेछन् । पहिलो दिन अनिवार्य अंग्रेजी र एउटा मात्रै विषयको परीक्षा दिनेहरूको परीक्षा हुनेछ । साथै, दुई विषयको परीक्षा दिनेहरूले सानो कोड भएको विषयको परीक्षा ११ गते नै दिनु पर्नेछ ।

त्यस्तै, ठूलो कोड भएको विषयको परीक्षा १२ गते हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । परीक्षा समय बिहान ८ देखि ११ बजेसम्म हुनेछ । कार्यालयले भदौ ११ मा अंग्रेजी विषय र १२ मा आफूले परीक्षा दिनेमध्ये अर्को विषयको परीक्षा हुने जनाएको छ । Onlinekhabar

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार