साधन राम्जाली
बेनी ,सोमबार फागुन ०१ गते ।
जिल्लाकोे रघुगंगा गाउँपालिकामा अन्तर मावि स्तरिय दोस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ ।गाउँपालिकाको आयोजनामा गाउँपालिकाको पिप्लेमा विहिवारदेखी सो प्रतियोगिताको गण्डकी प्रदेश सभा सदस्य सांसद विनोद केसीले उद्घाटन गर्नुभयो । उहाँले प्रतियोगिताले विद्यार्थीमा लुकेर रहेको प्रतिभा पहिचान तथा खेलकुदको प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । गण्डकी प्रदेश सरकारले एक स्थानीय तह एक खेलमैदानको नीति रहेको सुनाउनुहुँदै गाउँपालिकाले सिफारिस गरेको आधारमा खेलमैदान निर्माण योजनामा बजेट विनियोजन गर्न पहल गर्ने आश्वासन दिनुभयो ।
फागुन दुई गतेसम्म सञ्चालन हुने प्रतियोगितामा प्रथमलाई ५० हजार रुपैयाँ सहित रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिनेछ । त्यसैगरि प्रतियोगितामा द्धितियलाई ४० हजार रुपैयाँ र तितृयलाई ३० हजार रुपैयाँको साथमा ट्रफि, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिपक रेग्मीले जानकारी दिनुभयो ।
प्रतियोगितामा गाउँपालिकाभित्रका आठ वटै वडाका विभिन्न १० वटा माध्यमिक तहका विद्यालयका विद्यार्थीहरुले सहभागिता जनाएको शिक्षा तथा खेलकुद शाखा संयोजक प्रेम थापाले जानकारी दिनुभयो । उहाँका प्रतियोगितामा महिला र पुरुषतर्फ भलिबल र एथलेटिक्स विद्यातर्फ विभिन्न १३ इभेन्टमा विद्यार्थीहरुबिच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको हरेक इभेन्टमा स्वर्ण, रजत र कास्य पदक बिजेतालाई नगद रु ५ सय, ४ सय र ३ सयको दरले पुरस्कृत समेत गरिने जनाइएको छ ।
विद्यार्थीहरुको हौँसलाको लागि हरेक इभेटन्टमा प्रोत्साहनको कार्यक्रम राखिएको गाउँपालिकाका अध्यक्ष भवहादुर भण्डारीले बताउनुभयो । अध्यक्ष भण्डारीले गाउँपालिकाले खेलकुद विकासको लागि बजेट विनियोजन संगै निति बनाउने तथा कार्यक्रम संचालन गरिरहेको बताउनुभयो । खेलकुद विकास तथा खेलाडीलाई प्रोत्साहनका लागि गाउँपालिकाभित्रका सबै वडामा खेलमैदान निर्माणलाई तिब्रता दिइएका उहाँको भनाइ थियो । गाउँपालिकाले शिक्षा ,स्वास्थ्य ,विकास तथा बिभिन्न कार्यक्रममा गरेका प्रगतीका बारेमा जानकारी गराउँनुहुँदै सरकारले पाउने सेवा सुविधा कापतको पैसा अध्यक्ष भवबहादुर अक्षयकोष स्थापना गरिएको र, सोही कोषबाट वडाभित्र रहेका गरिब तथा विपन्न परिवारका विद्यार्थीहरुलाई छात्रावृत्ति प्रदान गर्नुका साथै दलित तथा विपन्न परिवार छनौट गरी निशुल्क स्वास्थ्य विमा गरिदिएको बताउनुभयो ।
कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका उपसभापती माधव रेग्मी, नेकपा म्याग्दीका कार्यालय सदस्य बालकृष्ण सुवेदी, राप्रपाका अध्यक्ष बिर बहादुर थापा, प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल लगायतले गाउँपालिकास्तरबाट छनौट हुने खेलाडीहरुले जिल्ला स्तर हँुदै प्रदेश र राष्ट्रिय स्तरमा समेत सहभागीता जनाउन पाउने भएकाले अनुशासित भएर खेल प्रतिभाको प्रदर्शन गर्न खेलाडीहरुलाई आग्रह गर्नुभयो ।
प्रतियोगिताको उद्घाटन खेलमा १५ सय मिटरको दौडमा छात्रतर्फ रघुगंगा माविका समिर राना प्रथम, मुक्तिधाम माविका मनोज बरुवाल द्धितिय र रितुङ माविका मिलन गर्वुजा तितृय तथा छात्रातर्फ ज्ञानोदय माविकी निसा रिजाल प्रथम, रितुङ माविकी हरिमायाँ छन्त्याल द्धितिय र मुक्तिधाम माविकी लिलाकुमारी केसी तितृय हुन सफल हुनुभएको थियो ।
विजेता तथा उपविजेताहरुलाई कार्यक्रममा नगद सहित मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको थियो । प्रमुख प्रशासयिक अधिकृत रेग्मीको स्वागत र वडा नम्बर ३ का वडा अध्यक्ष एवम् गाउँ कार्यपालिकाका प्रवक्ता जिवनकुमार मल्लको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । साथै कार्यक्रममा विद्यार्थीहरुलाई नृत्य प्रस्तुत गरेका थिए ।