
काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदीमा आज बिहान गएको पहिरोमा परी मृत्यु भएका चारजनाको शव फेला परेको छ ।


पहिरोले पुरिएको अवस्थामा शव फेला पारी निकालिएको गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार, अझै पहिरोमा परी ३७ जना सम्पर्कविहीन अवस्थामा छन् । उनीहरु पहिरोमा पुरिएको हुनसक्ने अनुमान गरिएको छ । अध्यक्ष श्रेष्ठले भने अझै जीवितै उद्दारको आश रहेको बताएका छन् । खोज तथा उद्दार जारी छ ।

सम्पर्कविहीन अवस्था रहेका ३७ जनाको नामावली–

नागरिकखबरबाट साभार