काठमाडौं । सरकारले कृषि अनुसन्धान परिषद (नार्क)को कार्यकारी निर्देशकमा डाक्टर दीपककुमार भण्डारीलाई नियुक्त गरेको छ। आइतबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले रूपन्देहीका भण्डारीलाई कार्यकारी निर्देशक नियुक्त गरेको हो।
मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै सोमबार सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले नार्कको कार्यकारी निर्देशकमा भण्डारीलाई नियुक्त गरेको जानकारी दिए। भण्डारी यसअगाडि नार्कमै निमित्त कार्यकारी थिए। सेतोपाटीबाट साभार