सुनसरी । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत धरान उपमहानगरपालिका–१५ बाझगराका एक कोरोना संक्रमितको सोमबार बिहान मृत्यु भएको छ ।
प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठका अनुसार ५५ वर्षीय ती व्यक्ति विगतदेखि नै उच्च रक्तचाप र मृगौलाका बिरामी थिए । उनलाई असोज १६ गते कोरोना संक्रमण पुष्टि भएकोमा सोही दिन अस्पताल भर्ना भएका थिए ।
शव स्वास्थ्य प्रोटोकलअनुसार व्यवस्थापन गर्ने तयारी भइरहेको प्रतिष्ठानका सहप्रवक्ता श्रेष्ठले जानकारी दिए । यससहित धरानमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ । ekantipurबाट साभार