न्युयोर्कमा एक नेपाली डाक्टरको निधन

न्युयोर्क । नेपाली युवा डाक्टर रोसन झाको निधन भएको छ । डा.झाको ३३ वर्षको उमेरमा अमेरिकाको न्युयोर्कमा गत बुधबार निधन भएको हो । मेडिसिन विषयमा पिजी अध्ययन लागि डा. झा अमेरिका गएका थिए ।

सोसाइटी अफ इन्टर्नल मेडिसिन अफ नेपालका अध्यक्ष डा.महेश राज सिग्देलले चिकित्सा क्षेत्रका एक अब्बल व्यक्ति गुमाउनु परेको बताएका छन् ।

डा.झाले धरानबाट एमबिबिएस गरेर त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा केही वर्ष काम गरेका थिए । उनको मृत्युको कारण पत्ता नलागे पनि मुटुमा एक्कासी समस्या आएको आशंका गरिएको छ । डा.झा सोसाइटी अफ इन्टर्नल मेडिसिन अफ नेपालका आजीवन सदस्य पनि रहेका थिए। नागरिक खबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार