काठमाडौं । गृहमन्त्री रामबहादुर थापाका राजनीतिक सल्लाहकार सूर्य सुवेदी पथिकले आफ्नो जिम्मेवारीबाट राजीनामा दिएका छन् । सुवेदीले बिहीबार गृहमन्त्री थापाको राजनीतिक सल्लाहकारको जिम्मेवारीबाट राजीनामा दिएका हुन् ।
राजीनामा दिँदै सुवेदीले भनेका छन्ः ‘गृहमन्त्री आदरणीय क। राम बहादुर थापा बादलको सचिवालय र उहाँको राजनीतिक सल्लाहाकारको भूमिकामा आजबाट राजनीतिक र नैतिक दृष्टिले नरहेको जानकारी गराउंँछु ।’
त्यस्तै केही दिनअघि ओली पक्षीय केन्द्रीय समिति बैठकमा सहभागी शेर बहादुर तामाङ, उषाकला, सुर्य सुवेदी आज कार्की पार्टी प्यालेसमा आयोजित प्रचण्ड माधव समूहको बैठकमा सहभागी भएका छन् । रातोपाटीबाट साभार

























