प्रतिगमनविरुद्ध सडकमै डम्फू नृत्य

काठमाडौं । प्रधानमन्त्रीको कदमविरुद्ध सडकमै डम्फू नृत्य गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध नागरिक समाज, राजनीतिक दल, प्रतिपक्ष तथा सत्तारुढ दलकै नेताहरुले विरोध प्रर्दशन गरिरहेका छन् ।

सोमबार माइतीघरमा डम्फू बजाएर नागरिक विरोध गरेका छन् । प्रदर्शनस्थलमै डम्फू बजाएर प्रतिगमनको विरोध गरेका हुन् । ‘सांसद विघटनको दुरुत्साहस लोकतन्त्रको उपहास’, ‘खै मेरो संविधान ? ’, ‘म संविधानको पालक, नेताज्यू तपाई नि ?’ जस्ता प्लेकार्डहरु सहित उपस्थित भएका थिए ।

प्रधानमन्त्री ओलीको शिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभकाको संसद् विघट्न गरी आगामी वैशाखमा १७ र २७ गते मध्यावधी निर्वाचनको समय तोकेको थियो । रातोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार