काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर १०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा २ हजार ७९९ पीसीआर परीक्षण भएको छ भने हालसम्म २० लाख ८८ हजार ३७२ पीसीआर परीक्षण भएका छन् ।
यो सँगै देशभर संक्रमितको कुल संख्या २ लाख ७१ हजार ७०७ पुगेको छ । सक्रिय संक्रमितको संख्या २ हजार १०८ छ भने क्वारेन्टाइनमा ९२ जना रहेका छन् ।त्यसैगरी २४ घण्टामा २७२ जना निको भइ डिस्चार्ज भएका छन् । यो सँगै कोरोनाबाट निको हुनेको संख्या २ लाख ६७ हजार ५६४ पुगेको छ । २४ घण्टामा कोरोनाबाट २ जनाको मृत्यु भएको छ ।नेपालमा हालसम्म कोरोना संक्रमणले दुई हजार ३५ जनाको मृत्यु भइसकेको छ।