धनगढी । कञ्चनपुरमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। सोमबार साँझ पुनर्वास नगरपालिका-२ अरनिको बस्तीको कच्ची सडकमा सोही ठाउँका २० वर्षीय सन्जे सुनारले चलाएको से ४ प ५५४६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा सोही ठाउँकी ५२ वर्षीया पोदे जोङ तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ।
उनको उपचारको क्रममा गएराति नै धनगढीस्थित माया मेट्रो अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमर थापा क्षेत्रीले जानकारी दिए। उनले मृतकको शव सेती प्रादेशिक अस्पताल राखिएको बताए। मोटरसाइकल चालक प्रहरीको नियन्त्रणमा छन्।सेतोपाटीबाट