काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमितहरुको निःशुल्क उपचार अब सरकारी अस्पतालमा मात्र हुने भएको छ । यसअघि मेडिकल कलेजहरुमा पनि उपचारको व्यवस्था मिलाइएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै अस्पतालहरुलाई परिपत्र गर्दै अब सरकारी अस्पतालहरुलाई मात्रै कोभिड १९ उपचारको अस्पतालको रुपमा तोकी सेवा प्रवाहको व्यवस्थापन गर्न भनेको छ ।
तोकिएका मेडिकल कलेजहरुमा आजसम्ममा भर्ना भइ उपचाररत संक्रमितहरुको आजको मितिले १० दिनसम्मको मात्र नियमानुसारको शोधभर्ना उपलब्ध गराइने पनि मन्त्रालयले जनाएको छ ।अनलाइनखबरबाट