कास्की । पोखरामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट एक जनाको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा पोखरा महानगरपालिका–११ का ७१ वर्षीय पुरुषको बुधबार राति मृत्यु भएको हो ।
गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रममा प्रवक्ता डा. विनोदविन्दु शर्माका अनुसार कोरोनाबाट मृत्यु भएका बिरामीमा मधुमेहका रोग समेत रहेको थियो । मृत्यु भएका पुरुषमा गत माघ १० गते कोरोना संक्रमण पुष्टि भएको थियो । नागरिक खबरबाट