![](https://myagdinews.com/wp-content/uploads/2021/02/prachanda.jpg)
काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ स्वकीय सचिवका रुपमा कार्यरत बिरु तामाङ प्रचण्डतर्फ लागेका छन् । सुरुदेखि नै उनको स्वीकय सचिवका रुपमा कार्यरत बिरु तामाङ प्रचण्डतर्फ लागेका हुन् ।
यसअघि उनका राजनीतिक सल्लाहकार प्रचण्ड माधव नेपाल समुहमा लागिसकेका छन् । नेकपाको विवादमा बादल केपी ओली पक्षमा लागेका थिए । तर, उनका सबै सांसद भने प्रचण्ड पक्षमा लागेका छन् ।
गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पछिल्लो समय एक्लिदै गएका छन् । गृहमन्त्री पदकै लोभमा उनले आफ्नो राजनीतिक करिअर धरापमा पारेको टिप्पणी उनी निकट नेताहरुको छ । नागरिक खबरबाट