काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचनमा पत्रकारहरुका चार संघसंस्थाले सहकार्य गरेर अघि बढ्ने सहमति गरेका छन् ।
प्रगतिशील पत्रकार संघ, नेपाल, क्रान्तिकारी पत्रकार महासंघ, जनपत्रकार संगठन नेपाल र प्रेस नेपालबीच सहकार्यको सहमति गरेका हुन् । पाँच बुँदे सहमतिमा नेपाल पत्रकार महासङ्घको निर्वाचनलाई सहमतीय प्रणालीबाट सम्पन्न गर्न सरोकारवाला सबै पक्षसित अपिल गरेका छन् । नागरिक खबरबाट