बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं । बैंकिङ कसूर मुद्दामा एकजना फरार प्रतिवादीलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)को टोलीले पक्राउ गरेको छ ।

चितवनको रत्ननगर नगरपालिका–१३ घर भई ललितपुर महानगरपालिका–१४ तिखिदेवल बस्दै आएका ४४ वर्षीय तेजबहादुर खड्कालाई मंगलबार सीआईबीको टोलीले पक्राउ गरेको हो । उनलाई उच्च अदालत पाटनले बैंकिङ कसूरमा दोषी ठहर गर्दै ५ दिन कैद सजाय र २१ लाख रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको थियो ।

खड्काले आफ्नो बैंक खातामा पर्याप्त रकम नभएको जानी–जानी विभिन्न मितिमा चेक काटेर पीडितलाई झुक्याएको उजुरी परेपछि मुद्दा चलाइएको थियो । तिखिदेवलमा लुकिछपी बसिरहेको अवस्थामा खड्कालाई पक्राउ गरी फैसला कार्यान्वयनाका लागि चितवन जिल्ला अदालतमा पेश गरिएको सीआईबीले जनाएको छ । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार