ट्राफिक प्रहरीले चोरिएका २७ मोटरसाइकल बरामद गरी जिम्मा लगायो

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चोरी भएका २७ वटा मोटरसाइकल फेला पारेर धनीलाई जिम्मा लगाएको छ । सादा पोसाकमा खटिएका ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न स्थानबाट फेला पारेका २७ मोटरसाइकल धनीलाई जिम्मा लगाएको हो ।

उपत्यका र आसपासका विभिन्न स्थानबाट चोरी भएका मोटरसाइकलहरू बरामद गरी महाशाखाले आज एक कार्यक्रमका बीच सम्बन्धित सवारी धनीलाई जिम्मा लगाइएको महाशाखाले जनाएको छ ।

महाशाखाको पीडित सहायता इकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक टोलीले उपत्यकाको जोरपाटी, जगाती, काँडाघारी, माछापोखरी, गोकर्णेश्वर, बुढानिलकण्ठ, टोखा, नयाँ बसपार्कका साथै उपत्यकासँग सिमाना जोडिएका नुवाकोट, धादिङ र मकवानपुर जिल्लाका विभिन्न स्थानहरूबाट यी मोटरसाइकलहरु बरामद गरिएको महाशाखाले जनाएको छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार