संसदको कार्यसूची फेरियो

काठमाडौं । प्रतिनिधिसभा पुनस्थापनापछि बस्न लागेको आजको पहिलो बैठकका सबै कार्यसूची हटाएर शोक प्रस्ताव मात्र पारित गरिने भएको छ । संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार सभामुख अग्निप्रसाद सापकोटाको निर्देशनमा अन्य कार्यसूची हटाइएको हो ।

कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न नसकेको अवस्था छ भने नेकपाको विवाद थप जटिल बन्दै गएको छ । यस्तो अवस्थालाई ध्यान राख्दै सभामुखले कार्यसूची फेरेका हुन् ।

आजको बैठक शुरु हुनासाथ राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाइने र यसबीचमा निधन भएका १४ जना पूर्व सांसदको निधनमा शोक प्रस्ताव पारित गरेर बैठक सकिने प्रवक्ता पाण्डेले बताए । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार