![](https://myagdinews.com/wp-content/uploads/2021/03/jkjk.jpg)
काठमाडौँ । नेकपा दाहाल-नेपाल समूहले आफूहरु आधिकारिक पार्टी रहेको दाबी गर्दै संसद् सचिवालयलाई पत्र बुझाएको छ ।
दाहाल-नेपाल समूहका सांसदहरुले सचिवालयका महासचिव भरतराज गौतमको कार्यकक्षमै पुगेर पत्र दिएका हुन् । दाहाल-नेपाल समूहले दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाललाई चयन गरिएको जानकारी पनि सचिवालयलाई दिएको छ ।
प्रतिनिधिसभाको बैठक बस्नुअघि दाहाल-नेपाल समूहको संसदीय दलको बैठक सकिएलगत्तै सांसद्हरु महासचिव गौतमलाई दलको नेतामा दाहाललाई चयन गरिएको र आधिकारिक पार्टी रहेको जानकारी दिन संसद् सचिवालय पुगेका थिए । पत्र दर्ता गर्नेरनगर्ने भन्ने विषयमा छलफल भइरहेको छ । ekantipur बाट