ग्लोबल म्याग्दी मिडिया प्रा.लि.द्वारा सञ्चालित समाचार पोर्टल ‘म्याग्दी न्युज डट् कम’छैठौं बर्षमा प्रवेश गरेको छ । पाँच बर्ष अघि २४ फागुन अर्थात आजकै दिन हामी केही फरक धारको सुचना संवाहकको रुपमा आएका थियौं ।०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो । यहाँहरुको माया, साथ एवम् सहयोगले हामी आज पाँचौं बर्ष पार गरेर छैठौं बर्षमा प्रवेश गर्न सफल भएका छौं ।
पाँचौं वार्षिकोत्सव मनाउँदै गर्दा हाम्रा सम्पूर्ण पाठक,श्रोता–दर्शक,समाचार स्रोत,लेखक,विज्ञापनदाता, शुभेच्छुक सबैप्रति हामी हार्दिक आभार प्रकट गर्दछौं । पाँच बर्षको यात्रामा अनेक उकाली–ओराली र समस्या–संकटहरू देखे–भोगेका छौं र त्यसलाई कुशलतापूर्वक छिचोल्दै आएका पनि छौं । सांघुरो बजार र जनशक्ती अभावले मोफसलका अनलाइन डिजिटल पत्रिका लगायत संचार माध्यम संचालनमा आर्थिक चुनौती थपिएको छ ।
विगत एक वर्षको अवधि साँच्चै नै असामान्य रह्यो । विश्वव्यापी महामारीको रुपमा फैलिएक कोभिड–१९ बाट सिर्जित कठिनाइ, समस्या र महासंकटको सामना गर्न सजिलो थिएन । तर तपाईंहरू सबैको शुभेच्छा एवम् सहयोग पाएर हामीले यसलाई धेरै हदसम्म चिर्न सफल भएका छौं । हामी कोभिडपछिको परिदृश्यलाई ख्यालमा राख्दै अझ परिस्कृत, परिमार्जित एवम् नयाँ परिवेशको आवश्यकताअनुरूप चुस्त–दुरुस्त हुँदै छौं ।राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताको सवालमा हामीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैनौं ।
पत्रकारिताका मूलभूत सिद्धान्तलाई आत्मसाथ गर्दै नागरिक अधिकारको पक्षमा निरन्तर पैरवी गर्नेछौ । लुकेका र लुकाईएका कुराहरु उजागर गर्दै समुन्नत समाजको निर्माणमा खबरदारी र साझेदारी गरेर हामी अगाडी बढ्नेछौं । डिजिटल अक्षर, स्वर, तस्बिर र श्रव्यदृश्यको माध्यमबाट हामी वर्तमानको अभिलेख राख्छौँ ।
सुगम देखि दुर्गमसम्म,सहरदेखि गाउँसम्मका सबैखाले मुद्दाहरुमा विशेष केन्द्रित म्याग्दी न्युज डट्कममा ताजा समाचार, खोजमूलक रिपोर्टहरुका अतिरिक्त शिक्षा, विज्ञानप्रविधि, साँस्कृतिक गतिविधि, जीवनशैली, स्वास्थ्य, खेलकूद, मनोरञ्जन र साहित्यसँग सम्बन्धित सामग्रीहरु पोस्ट हुन्छन् । कसैप्रति आग्रह÷पूर्वाग्रह नराखी सत्यतथ्यमा आधारित व्यावसायिक पत्रकारितामा हामिले जोड दिंदै आएकोे कुरा पुनःआमपाठकसमक्ष दोहो¥याउन चाहन्छौं ।
अनलाइन पत्रकारिता मार्फत म्याग्दी जिल्ला भित्रका विकृति विसंगति संगै लुकेको र लुकाइएको हरेक खबरहरुलाई निरन्तर सम्प्रेषण गर्नेछौं । अन्त्यमा म्याग्दी न्युज डट्कमप्रति यहाँहरुले देखाउनुभएको सदाशयताको कदर गर्दै सुझाव र सहयोगको अपेक्षासहित सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छौं ।