८९ जना कोरोना संक्रमित थपिए

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ८९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । यसैगरी ,पछिल्लो २४ घण्टामा थप ४१ जना संक्रमणमुक्त भएका छन् ।

योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७४ हजार ८ सय १० पुगेको छ । यीमध्ये ८ सय ७२ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् । हालसम्म निको हुनेको संख्या २ लाख ७० हजार ९ सय २७ रहेको छ ।

पछिल्लो २४ घन्टा अवधिमा थप एक जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ । योसँगै अहिलेसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ११ जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार