नेपाली कांग्रेस म्याग्दीका पुर्व सभापति डा.खड्काको निधन,सभापति गर्बुजाद्धारा दु:ख व्यक्त

बेनी । नेपाली कांग्रेस ,म्याग्दीका पुर्व जिल्ला सभापति डा.भुपेन्द्र बहादुर खड्काको निधन भएको छ । डा.खड्काको उपचारको क्रममा काठमाडौं स्थित सैनिक अस्पताल छाउनीमा मंगलबार विहान राति चार बजे ८० बर्षको उमेरमा निधन भएको नेपाली कांग्रेस म्याग्दीका प्रवक्ता अजयमिलन श्रेष्ठले जानकारी दिनुभयो ।

अचानक स्वास्थ्यमा समस्या देखिएपछि डा.खड्कालाई आइतबार हेलिकप्टर मार्फत उपचारका लागि काठमाडौं लगिएको थियो । पुर्व सभापति एवं वरिष्ठ नेता डा.खड्काको जन्म बि.स. १९९८ साउन २० मा भएको थियो । खड्काको निधनप्रति दुख व्यक्त गर्दै जिल्ला सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’ले श्रद्धाञ्जली दिनुभएको छ । डा.खड्काको निधनले कांग्रेसलाई ठुलो क्षती पुगेको सभापति गर्बुजाले बताउनुभयो । ‘पुर्व जिल्ला सभापति एवं वरिष्ठ नेता डाक्टर भुपेन्द्रबहादुर खड्काको निधनप्रति म गहिरो दुख व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु ।

साथै ,उहाँको आत्माको चिर शान्तिको कामना व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा पार्टी र मेरो व्यक्तिगत तर्फबाट हार्दिक समवेदना प्रकट गर्दछ,ु’ –सभापति गर्बुजाले भन्नुभयो । डा.खड्का बेनी नगरपालिका –८ का प्रधानपञ्च हुँदै २०५६ देखी ६७ सम्म दुई कार्यकाल जिल्ला सभापति हुनुभएको थियो । यसैगरी संविधानसभा सदस्य तथा निवर्तमान जिल्ला सभापति रेशमबहादुर बानियाँले पनि सामाजिक सञ्जाल फेसबुक मार्फत खड्काको निधनप्रति दुख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । साथै जिल्लातहका नेता तथा कार्यकताहरुले पनि डा.खड्काको निधनप्रति दुख व्यक्त गरेका छन् ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार