काठमाडौं । नुवाकोटमा भारतको नयाँ दिल्लीमा वेश्यालय सञ्चालन गर्ने एक महिला पक्राउ परेकी छिन् । नुवाकोट प्रहरीको सहयोगमा मानव बेचविखन अनुसन्धान ब्युरोले मानव बेचबिखन अपराधमा संलग्न रही फरार रहेकी उनलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार नुवाकोटको दुप्चेश्वर नगरपालिका २ की ६२ वर्षीया चमेली र सीता तामाङ भन्ने रुकमाया तामाङ पक्राउ परेकी हुन्। प्रहरीका अनुसार उनले नयाँ दिल्लीस्थित जीबी रोड ५६ नं गल्लीमा कोठी सञ्चालन गर्दै आएकी थिइन्।
ब्युरोका डीएसपी ढुण्डिराज नेउपानेका अनुसार जिल्ला प्रहरी कार्यालय नुवाकोटको सहयोगमा विदुर नगरपालिकाबाट पक्राउ परेकी तामाङलाई जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद लिई अनुसन्धान भइरहेको छ ।
रुकमायाकी सहयोगीले चितवनमा चिनजानको मानिसको घरमा काम लगाइदिन्छु भन्दै काठमाडौं ल्याएर भारत पु¥याएकी थिइन्। काठमाडौंको कलंकीबाट बसमा चढाई लैजाने क्रममा पानीमा बेहोस हुने औषधि मिसाएर खुवाएको भन्दै उनीविरुद्ध जाहेरी परेको थियो।
प्रहरीका अनुसार भारतको नयाँदिल्ली पु¥याएर रुकमायाले सञ्चालन गरेको कोठीमा लगी बिक्री गरेको पाइएको थियो। रुकमायाले पीडितलाई बन्धक बनाई राखी जबर्जस्ती वेश्यावृत्तिमा लगाएको भन्दै ब्युरोमा जाहेरी परेको थियो। नागरिक खबरबाट