बेनी । म्याग्दी प्रवासी नेपाली संघ (मोना),राष्ट्रिय कार्यकारी समिति कतारको अध्यक्षमा नरेन्द्र फगामी चयन हुनुभएको छ ।मोना कतारको नेपाली समय अनुसार शुक्रबार सम्पन्न दशौ साधारणसभा तथा १८ औ बार्षिकोत्सवबाट म्याग्दीको मालिका गाउँपालिका –५ का फगामी सर्वसम्मत रुपमा अध्यक्षमा चयन हुनुभएको हो । कार्यसमितिको बरिष्ठ उपाध्यक्ष राजु पौडेल, प्रथम उपाध्यक्ष बाबुराम भन्डारी, गम ब सेन्चुरी दित्तिय उपाध्यक्ष, महासचिव अजय कुवर, सचिव रामकृष्ण शर्मा,कोषाध्यक्ष हेम बानीयॉ, रहेका छन भने सदस्यहरुमा नरेन्द्र कुमार दर्जी, नर ब मल्ल, गंगाधर कँडेल, सुमन धर्ति, दशरथ खत्री, रिपार्ट खत्री, रहेका निवर्तमान अध्यक्ष तिलु शर्मा पौडेलले जानकारी दिनुभयो ।
यस्तै प्रमुख सल्लाहकारमा निर्वतमान अध्यक्ष शर्मा पौडेल, सल्लाहकारमा मिन बहादुर कार्की, लिला बहादुर चोखाल, शिब चोखाल, थम कुमार गिरी, टिका कार्की र देबी कँडेल, संस्थापक संरक्षकमा प्रेम रसाईली, संरक्षकमा बिक्रम कार्की, रमेश पौडेल र रेशम शाही चयन हुनुभएको मोना कतारले जनाएको छ ।
यसैगरी , वरिष्ठ सदस्यमा तुल प्रसाद कँडेल निर्बिरोध चयन हुनुभएको छ। कार्यक्रममा मोना अन्तर्राष्ट्रिय कार्यसमितिका महासचिप विक्रम कार्कीले नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो । उहाँले प्रवासमा छरिएर रहेका म्याग्दीलीहरुलाई एक बनाउन र समस्यामा परेकाहरुको उद्धार गर्न मोना स्थापना भएको बताउनुभयो । कतारमा कार्यरत म्याग्दीलिहरुको हकहितका लािग नयाँ कार्यसमितिले भुमिका खेल्नेमा विश्वास व्यक्त गर्नुभयो ।
अध्यक्ष फगामीले संस्थाको निति तथा कार्यक्रम अनुसार कतारमा कार्यरत म्याग्दीलीहरुको हकहितका लागि काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले पुराना अभियानलाई निरन्तरता र आवश्यकता अनुसार थप नयाँ कार्यक्रमहरु ल्याउने बताउनुभयो ।