भेटवाल एक लाख ९० हजार धरौटीमा रिहा

काठमाडौं । काठमाडौं भ्युटावर निर्माण गरिरहेका मनोज कुमार भेटवाललाई एक लाख ९० हजार धरौटीमा छाड्न आदेश दिएको छ । विषेश अदालतले भेटवाललाई धरौटीमा छाड्न आदेश दिएका हुन ।

१३ करोठभन्दा बढी सार्वजनिक सम्पति हिनामिना र यही फाइनान्स लिमिटेडको रकम हिनामिना प्रत्रकरणमा प्रहरीले भेटवाललाई केही दिन अगाडि पक्राउ गरेको थियो । उनलाई विशेष अदालतको न्यायाधीशहरु प्रेमराज कार्की, बालेन्द्र रुपमाखेती र चन्द्रबहादुर सारुको इजालासले धरौटीमा छाड्न आदेश दिएको हो ।

भेटवालसँगै बसन्त मल्ल, विकास श्रेष्ठ, मधुवनलाल श्रेष्ठ, भैरवप्रसाद भेटवाल र रविन लामा पनि धरौटीमा छुटेका छन् । ४० करोड भन्दा बढी सम्पत्ति हिनामिना भएकोमा भेटवालसँग १३ करोड २६ लाख विगो माग दाबी गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई १० वर्ष कैद सजायको समेत माग दाबी गरेर फागुन अन्तिम साता विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

पुरानो बसपार्कमा काठमाडौं भ्युटावर निर्माण गरिरहेको जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स प्रालिका सञ्चालक भेटवालले ४ करोड ६० लाख ४२ हजार ८ सय ५० रुपैयाँको अवैध कारोबार गरेको राजस्व अनुसन्धान विभागको निष्कर्ष थियो । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार