![](https://myagdinews.com/wp-content/uploads/2021/03/kfkf.jpg)
काठमाडौं । बालुवाटारमा जारी एमाले संसदीय दलको बैठकले नेताद्वय झलनाथ खनाल र माधव नेपाललाई पनि संसदीय बोर्डमा राख्ने निर्णय गरेको छ । बैठकमा सहभागी नभएको खनाल र नेपाललाई पनि बोर्डमा राख्ने निर्णय गरेको हो ।
बैठकले २४ सदस्यीय बोर्ड गठनको निर्णय गरेको छ । बैठकले संसदीय दलको विधान संशोधन सम्बन्धि प्रस्ताव गर्न कार्यदल समेत गठन गरेको छ । विधान संशोधन समितिमा विशाल भट्टराई ,शेरबहादुर तामाङ र विमला राई रहेका छन् । रातोपाटीबाट