काठमाडौं । मस्तिष्कघातपछि उपचार गराइरहेका नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको उपचारका लागि सरकारले आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।
मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले जोशीको उपचारका लागि १० लाख रूपैयाँ सहयोग गर्ने निर्णय भएको उपप्रधानमन्त्री ईश्वर पोखरेलले जानकारी दिनुभयो।
शुक्रबार बिहान नर्भिक अस्पताल पुग्नुभएको उपप्रधानमन्त्री पोखरेलले जोशीको उपचारमा सरकारले सहयोग गर्ने बताउनुभएको अस्पतालले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ। जोशीको स्वास्थ्य अवस्था बुझ्न उपप्रधानमन्त्री पोखरेल अस्पताल पुग्नुभएको थियो। उहाँले जोशीका परिवारका सदस्यसँग भेट्नुभएको थियो।
जोशीको अवस्थाबारे चिकित्सकहरूले जानकारी गराएका छन्। गत फागुन १४ मा जोशीलाई मस्तिष्कघात भएको थियो। उहाँलाई राजिब झालगायत चिकित्सक टोलीले उपचार जारी राखेको छ। जोशीलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको छ। सेतोपाटीबाट