प्रधानमन्त्री र विप्लवबीच बालुवाटारमा भेटवार्ता

काठमाडौं । नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरेका छन् ।प्रधानमन्त्रीलाई भेट्न विप्लव उनको सरकारी निवास बालुवाटार पुगेका थिए ।

विप्लव समूहका नेता उदयबहादुर चलाउनेका अनुसार भेटमा विप्लवले सरकारसँग भएको सहमतिअनुसार आफ्नो पार्टीका नेता कार्यकर्ता रिहा गर्न ढिला भएको बताएका छन् ।

सरकार र विप्लव समूहबीच गत फागुन २० गते नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्ध हटाउने, कारागारमा रहेका विप्लव समूहका नेता र कार्यकर्ता रिहा गर्ने र सम्पूर्ण मुद्दा खारेज गर्ने सहमति भएको थियो ।

विप्लवले सोमबारको भेटमा उक्त सहमति कार्यान्वयनमा ढिला भएको भनी सरकारको ध्यानाकर्षण गराएको चलाउनेको भनाई छ । जवाफमा प्रधानमन्त्री ओलीले नेता कार्यकर्ता रिहाइका लागि आफूहरु लागिरहेको जवाफ दिएका थिए । नागरिक खबरबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार