भिरबाट लडेर ७ वर्षीया बालिकाको मृत्यु

अछाम । भिरबाट लडेर अछामको बान्निगढी जयगढ गाउँपालिका–६ दर्ना चन्डालीकी ७ वर्षीया बालिका आयुशा ठकुल्लाको मृत्यु भएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका प्रहरी प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहकाअनुसार आज बिहान ८ः३० बजे बिद्यालय जाँदै गरेको अवस्थामा भिरबाटो भन्ने ठाउँबाट लडेर गम्भीर घाइते भएकी थिइन् ।

गम्भीर घाइते भएकी बालिकालाई प्रहरी टोलीले उद्धार गरी बयलपाटा अस्पताल लैजाने क्रममा बीचबाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । बालिका भिरबाट करीब १ सय ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार