नेपालगन्ज । दाइजोको निहुँमा बुहारीलाई जलाएर फरार ससुरा सात वर्षपछि पक्राउ परेका छन् । दाइजोमा मोटरसाइकल नल्याएको भन्दै बुहारीलाई जलाउने ससुरा हनिफ शेष ढपालीलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।
२०७० चैत ३ गते साविक लक्षमणपुर गाविस-८ मियापुरवाकी २१ वर्षीया रिहाना शेष ढपालीलाई पति फरिद ढपाली,ससुरा शेष ढपाली,सासु सजहाद खाले रिहानालाई मट्टितेल छर्केर आगो लगाएका थिए ।
सात महिनाकी गर्भवती रहेकी रिहानालाई पति,सासु र ससुराले पछाडी हात बाँधेर आगो लगाएका थिए । यो घटनामा प्रत्यक्ष संलग्न रिहानाका पति फरिद र सासु सजहाद अझै फरार छन् । घरपरिवारले आगो लगाएपछि गम्भीर घाइते भएकी रिहानाको लामोसमयसम्म उपचार गरेर निको भएको थिइन् ।
नरैनापुर गाउँपालिका-१ सुइया आसपासमा लुकिछिपी बसेको सूचना पाएपछि प्रहरी निरीक्षक वसन्त गौतमको कमण्डमा गएको टोलीले हानिफलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । ekantipurबाट