सर्लाहीमा टाउको काटिएको अवस्थामा एक व्यक्तिको शव फेला

जनकपुरधाम । सर्लाहीमा टाउको काटिएको अवस्थामा बिहीबार एक व्यक्तिको शव फेला परेको छ ।

सदरमुकाम मलगंवा नगरपालिका वडा नम्बर १० स्थित खेतमा ३० वर्षीय सुशील रायको शव टाउको काटिएको अवस्थामा फेला परेको सर्लाही प्रहरीका प्रवक्ता मदन कुँवरले जानकारी दिनुभयो ।

रायको टाउको र शरीर ६० मिटरको दूरीमा फालिएको अवस्थामा बरामद भएको कुँवरले बताउनुभयो । यस सम्बन्धमा थप अनुसन्धान अगाडि बढाइएको प्रवक्ता कुँवरले बताउनुभयो । अनलाइनखबरबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार