काठमाडौं । तरकारी किन्न नेपाली जाली नोटसहित आएका एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । हिजो साँझ अन्दाजी साढे ८ बजे काठमाडौंको कलंकीस्थित फुटपाथमा तरकारी किन्न आएका ग्राहकले नक्कली नोट लिएर आएको जानकारीपछि प्रहरीले ती महिलालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मकवानपुर गढी गाउँपालिका १ घर भई हाल काठमाडौँको बाफल बस्ने वर्ष ३९ को माया तामाङ छन् ।
माया तामाङलाई नियन्त्रण लिई चेक जाँच गर्दा ९ थान रु ५०० को दरले जाली नोट फेला पारका थिए । ती महिलाको बयानका आधारमा रौतहट गुजारा नगरपालिका–२ घर भई हाल काठमाडौँको कीर्तिपुर बस्ने वर्ष ३५ को गनबहादुर लोप्चान कोठामा खानतलासी गर्दा जाली नोट बरामद भएका थिए
उनीहरु दुवै जानालाई प्रहरी वृत्त कालिमाटीबाट थप अपराध अनुसन्धान भईरहेको जनाएको छ । जाली नोटसहित कम्प्युटर, फोटोकपी लगायतका सामग्री बरामद भएको प्रहरी परिसर काठमाडौंले जनाएको छ । नागरिक खबरबाट