गलकोट । यातायात व्यवस्था कार्यालय बागलुङले चालु आर्थिक वर्षको सुरुवातको आठ महिनामा करिब रु १० करोड राजश्व सङ्कलन गरेको छ । धौलागिरिका चार जिल्लालाई कार्यक्षेत्र बनाएर सेवा प्रवाह गर्दै आएको यस कार्यालयले ब्लुबुक नवीकरण, सवारी अनुमतिपत्र (लाइसेन्स)लगायतका शीर्षकबाट रु नौ करोड ७९ लाख ६४ हजार २ सय ८८ राजश्व सङ्कलन गरेको छ ।
सवारी करबाट रु सात करोड, तीन लाख ५६ हजार ९ सय ९९ बिलबुक तथा सवारी अनुमति पत्रबाट रु एक करोड ४८ लाख, १६ हजार ६ सय ५५ सङ्कलन भएको यातायात व्यवस्था कार्यालयका सूचना अधिकारी सुरेश श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठकाअनुसार पञ्जीकरणबाट रु दुई लाख ५० हजार ५ सय बेरुजुबापत्को रु १९ हजार चार २८, पटके रुट परमिटमार्फत रु ४१ लाख ८९ हजार २०० लगायत विभिन्न शीर्षकबाट उक्त राजश्व सङ्कलन भएको छ । रासस